पृथ्वी जयन्तीमा बिदा दिन अर्जुनचौपारी सकारात्मक

पुष १७, २०७९


स्मार्ट संवाददाता , अर्जुनचौपारी
१७ पुस २०७९

बिज्ञापन

विश्व हिन्दु युवा संघ स्याङ्जाले आइतबार अर्जुनचौपारी गाउँपालिकामा पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा विभिन्न कार्यक्रम एवम् सार्वजनिक बिदाको माग गाउँपालिका प्रमुख समक्ष ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझ्दै पालिका प्रमुख प्रकाश तिवारीले कार्यपालिका बैठक मार्फत निर्णय गराएर सार्वजनिक बिदा दिने र कार्यक्रम गर्ने बताएका छ्न।उनले पृथ्वीनारायण शाहले दिएका दिब्य उपदेशहरु आजका दिनमा पनि उत्तिकै सान्दर्भिक रहेको र उनले नेपाल राष्ट्र निर्माण गर्न खेलेको भुमिका भुल्न नहुने कुरा बताएका छ्न्। उनले विश्व हिन्दु युवा संघ स्याङ्जाले गरेको कामलाई पनि प्रसंशा गरेका थिए ।

विश्व हिन्दु युवा संघले केही दिन अगाडि वालिङ ,गल्याङ नगरपालिका र अन्य पालिकामा ज्ञापनपत्र बुझाएको थियो। संघको पहलमा अगिल्लो वर्ष स्याङ्जाका ७ पालिकाले सार्वजनिक बिदा दिएका थिए। ज्ञापनपत्र विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेल , जिल्ला सह प्रवक्ता कुशल बस्याल,जिल्ला सदस्य राजन रेग्मी,प्रज्वल रनपाल लगायतले बुझाएका थिए।