चाडपर्वको यात्रा सुरक्षित बनाउन यात्रु सहायता कक्षको स्थापना

असोज २६, २०८०


स्मार्ट सम्वाददाता, स्याङ्जा

२६ असोज २०८० , शुक्रबार

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

६८ औं प्रहरी दिवसको अवसर पारेर चाडपर्वको समयमा हुनसक्ने सम्भावित सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले जिल्ला ट्राफिक प्रहरी स्याङ्जाले जिल्लाको चार स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।

May be an image of 1 person, cablecar and text that says 'शि्ी Ûs नेपाल सरकार गृह मन्त्रालय जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्याडजा ट्राफिक प्रहरीको आव्हान, सुरक्षित सहज आवागमन सामुदायिक प्रहरी साम्तेदारी अन्तर्गत नागरिक सहायता कक्ष (Help Desk) विजया दशमी, शुभ दिपावली छठ पर्वको पावन अवसरमा समस्त यात्रु महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना सहित सम्पूर्ण यात्रुहरुको सेवा र सहयोगको लागि स्थापना गरिएको यात्रु सहायता कक्ष (Passenger Help Desk) सहयोग परामर्शको लागि फोन ९८५६०२०४५९ मोवाईल ২७४८४३३४0०, २७४८४३४४७४ हटलाईन नं. १००/१०३ मा सम्पर्क गर्नुहोस् जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्याइजा जिल्ला प्रहरी कार्यालय, स्याइजा अस्थायी ट्राफिक प्रहरी पोष्ट, फेदीखोला प्रहरी चौकी, फेदीखोला ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनावाट आफु पनि बचौ अरुलाई पनि बचाओं।'सिद्धार्थ  राजमार्ग तथा जिल्लाका ग्रामिण  सडकमा यात्रा गर्ने यात्रुहरूको सहजता र सुरक्षालाई ध्यानमा राखी  फेदीखोला, पुतलीबजार, वालिङ र गल्याङ गरि चार ठाँउमा आजदेखि यात्रु सहायता कक्ष स्थापना गरी संचालनमा ल्याइएको  जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रविण आचार्यले जानकारी दिए ।

जिल्ला सदरमुकाममा आयोजित   एक औपचारिक कार्यक्रमकाबिच सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन् l कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले यात्रालाई सुरक्षित बनाउनु प्रहरी, यात्रु र प्रशासनको साझा दायित्व भएको बताउँदै सबैले आफ्नो कर्तव्य पालना गर्नुपर्ने कुरामा जोड दिएका थिए l

विज्ञापन

यात्रु सहायता कक्षमा खटिएको प्रहरी टोलीले सर्वसाधारणको यात्रालाई सुरक्षित बनाउन तोकिएको भाडादरभन्दा बढी भाडा लिए नलिएको, लामो दूरीका सवारी साधनमा दुईजना चालक भए नभएको, तोकिएको क्षमताभन्दा बढी यात्रु बोके नबोकेको, मादक पदार्थ लगायतका नसालु पदार्थ सेवन गरे नगरेको, टिकट  काउन्टर र सवारी साधनमा यात्रुले देख्ने गरी प्रचलित भाडादर राखे नराखेको कुराहरू अनुगमन र आवश्यक कारबाही गर्नेछन् l सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्ने सवारी साधनलाई कडा कारबाही गरिने गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आचार्यले बताए l करिब ८७ प्रतिशत सवारी दुर्घटना चालकको लापरबाहीका कारणले हुने गरेको देखिएकाले चालकले गम्भीरतापूर्वक ट्राफिक नियमको पालना गरी सवारी साधन चलाउनुपर्ने आचार्यको भनाई छ l कार्यक्रममा ग २ ख १६२८ नम्बरको सवारी चालक ईन्द्र बहादुर थापालाई सम्मान गरिएको थियो lMay be an image of 9 people and text