देशभरका प्याराग्लाइडिङ बन्द गर्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन

असोज ३०, २०७९


२०७९ असोज ३०
स्मार्ट अखबार सम्वाददाता

नागरिक उड्डयन प्राधिकरणले देशभरका प्याराग्लाइडिङ बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले अर्को सूचना प्रकाशित नभएसम्म अनिश्चितकालको लागि प्याराग्लाइडिङमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ उडानका क्रममा एकजनाको आइतवार मृत्यु भएपछि प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाउने निर्णय गरेको हो।

बिज्ञापन

आइतबार प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएकी आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको हो। उनी क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङबाट खसेर घाइते भएका थिए। घाइते थापाको उपचारको क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो।

विज्ञापन

खेलाडीको मृत्युपछि उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गरिने  प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। अध्ययन कै लागि तत्कालका लागि सबै प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको उनले बताए।