अनेरास्ववियु वालिङ्द्वारा आयोजित वक्तृत्वकलामा पाइनिअज प्रथम

चैत १९, २०७८


स्मार्ट अखबार संवाददाता,वालिङ्
१९ चैत्र २०७८



वालिङ् बहुमुखी क्याम्पसमा वक्तृत्वकला कार्यक्रम पाइनिअज हाएर एजुकेसन एकेडेमी प्रथम भएको छ। प्रतियोगितामा पाइनिअज हाएर एजुकेसन एकेडेमीकि छात्रा आकृति डुम्रे प्रथम, वालिङ् बहुमुखी क्याम्पसका छात्र नवराज भट्टराई द्वितीय, श्री सरस्वती मा.वि का छात्र दया सापकोटा तृतीय र श्री हिमाली मा.वि कि छात्रा आयुष्मा काफ्ले सान्त्वना हुन सफल हुनुभएको थियो। अनेरास्ववियु वालिङ् नगर कमिटीद्वारा वालिङ बहुमुखी क्याम्पसमा सञ्चालित उक्त कार्यक्रममा ९ वटा शैक्षिक संस्थाबाट १५ जना विद्यार्थीहरू सहभागी हुनुभएको थियो ।विद्यार्थीहरूबीच “मेरो परिकल्पनाको स्थानीय सरकार” शीर्षकमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।



अनेरास्ववियु वालिङ् नगर कमिटी अध्यक्ष मिलन बसेलको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको नगर कमिटी सञ्चालन नगर कमिटी सचिव किशोर पाठकले गर्नुभएको थियो ।सिमा हिताङ्को स्वागत मन्तव्य सँगै सुरू भएको कार्यक्रममा शिक्षकहरू रुकमागत अर्याल , बोधराज न्याैपाने र इन्दु श्रेष्ठ निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी संयोजक सगुन राना , जिल्ला कमिटी कार्यालय सदस्य दिनेश खनाल , कृष्ण जि. सि , वालिङ् बहुमुखी क्याम्पस प्रमुख श्री सच्चितानन्द यादव, पिसजोन एकेडेमीका शिक्षक श्री दिपक डुम्रे, अर्मादि आवासीय मा.वि. का शिक्षक श्री सुरेस पंगेनी लगायत जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।