अनलाईन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल

चैत ०६, २०७९


स्मार्ट संवाददाता,पोखरा
६ चैत्र २०७९

अनलाइन पत्रकार संघ गण्डकीको तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। साइमन पार्टी प्यालेस, सृजनाचोक पोखरामा सम्पन्न अधिवेशनले ढाकामोहन बराल (गणेश) लाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ। गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो।


सोमबार सम्पन्न भएको अधिवेशनबाट संघको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) छन् । संघको सदस्यहरुमा निरज बस्नेत, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविण मगर, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने, रोहित बास्तोला छन् ।