स्मार्ट संवाददाता
१० माघ २०८०
स्याङ्जाको एक मात्र बालमैत्री स्थानीय सरकार भीरकोट नगरपालिकामा विद्यार्थीहरूलाई न्यायो पोशाक वितरण गरिएको छ। भीरकाेट नगरपालिका वडा नं ९ का सामुदायिक विद्यालयमा अध्ययनरत बालबिकास तहदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई न्यानाे पोशाक वितरण गरिएको वडा नं ९ का कार्यबहाक अध्यक्ष गुप्त बहादुर बि.क.ले जानकारी दिए।
नगर प्रमुखकाे उपस्थितिमा भएको कार्यक्रममा नगर बालमैत्री सहजकर्ता बिष्णु माया काफ्ले, कार्यपालिका सदस्य खगीसरा विक लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
वडाका विभिन्न विद्यालयमा अध्ययनरत करिब १ सय ६० विद्यार्थीहरूलाई न्यानो पोशाक वितरण गरिएको वडा अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए। सिरकोट माध्यमिक विद्यालयका ५५ जना, पिपलडाँडा माध्यमिक विद्यालयका ५७ जना, भविष्य निर्माण प्राथमिक विद्यालयका १४ जना र ठूलीभञ्जाङ माध्यमिक विद्यालयका २८ विद्यार्थीहरूलाई न्यानो पोशाक वितरण गरिएको वडाले जनाएको छ। १२ जना माथिल्लो तहका पोशाकको आवश्यकता रहेका विद्यार्थीलाई समेत पोशाक वितरण गरिएको हो।वडाको १ लाख ५० हजार बजेटबाट पोशाक बाँडिएको हो।


Post Views: 196