NMSRA पोखराको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

असोज २१, २०७८


आश्विन २१, भीरकोट खबर डेस्क,

नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ पोखरा इकाईले विजया दशमी, दीपावली तथा छठ पर्व को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघका  केन्द्रिय वरिष्ठ  उपाध्यक्ष ध्रुब कोइरालाको प्रमुख आतिथ्यतामा र नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ पोखरा इकाइ अध्यक्ष दिपक बोहराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन पोखरा इकाइका सचिव राजन घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा पोखरा कार्यक्षेत्र भएका औषधि बिक्रि प्रतिनिधिहरूको व्यापक सहभागीता रहेको थियो ।NMSRA पोखरा इकाइका कोषाध्यक्ष शेखर कोइरालाको स्वागत मन्तव्य सँगै सुरू भएको कार्यक्रममा उपस्थित सबैले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो यसै गरी निवर्तमान अध्यक्ष तथा केन्द्रीय सचिव निरज पन्तले विजया दशमी लगायतका  पर्वहरुकाे महत्व स्मरण गराउनु भएकाे थियो । असत्यमाथि सत्यको विजय भएको दिनकाे स्मरणकाे रुपमा विजया दशमी पर्व मनाइने कुरा उहाँले प्रष्ट पार्नुभएकाे थियो । शुभकामना आदानप्रदान सँगसँगै NMSRA पोखरा इकाईका पूर्व अध्यक्ष दिपक रेग्मी लगायतका पूर्व पदाधिकारीहरुलाइ सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । होटल बाराही पोखराको सभा हलमा सम्पन्न भएको कार्यक्रममा सहभागी सबैले दशैंलाई सुरक्षित तरीकाले मनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो।