स्याङ्जामा प्रजिअ क्षेत्रीलाई स्वागत
राम बहादुर रोकाहा
२५ असोज २०७९
एक कार्यक्रमका बिच कर्मचारी मिलन केन्द्र स्याङ्जाले प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीलाई स्वागत तथा काज सरुवा हुनुभएका निवर्तमान प्रजिअ राजुप्रसाद पौडेललाई विदाई गरेको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ क्षेत्रीले कर्मचारी मिलन केन्द्रमा पहिलेभन्दा अहिले परिवर्तन आएको बताउनुभयो । उहाँले सबै कर्मचारी मिलेर कार्यालयमा आउने सेवाग्राहीहरुको काम छिटो गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी विदाइ भै जान लाग्नुभएका निवर्तमान प्रजिअ पौडेलले स्याङ्जाको बसाईमा स्याङ्जाले लगाएको गुन कहिल्यै नभुल्ने साथै यहाँको बसाई स्मरणीय रहेको बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले प्रजिअ क्षेत्रीलाई र विदाइ हुनुभएका निवर्तमान प्रजिअ पौडेललाई फुल,माला,खादा र मायाको चिनोले स्वागत तथा विदाइ गर्नुभएको थियो ।
स्याङ्जाका निवर्तमान प्रजिअ पौडेलको जिल्ला प्रशासन कार्यालय चितवनमा सहायक प्रजिअका रुपमा काज सरुवा भएको हो भने प्रजिअ क्षेत्री जिल्ला प्रशासन कार्यालय चितवनबाट स्याङ्जा आउनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सभाहालमा भएको स्वागत तथा विदाइको कार्यक्रम सुरक्षा निकायका प्रमुखहरू , अन्य सरकारी निकायका प्रमुखहरु लगायतको उपस्थितिमा प्रशासकीय अधिकृत भरतराज पाण्डेले संचालन गर्नुभएको थियो ।