नेपाल आइडल सिजन-४ को उपाधी भूपेन्द्र थापालाई
चैत ०६, २०७८
६ फागुन २०७८
नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जित्नुभएको छ। झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप हुनुभएको छ।
शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्रले उपाधि जित्नुभएको हो । उपाधि विजेता भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गर्नुभएको छ। त्यस्तै फस्ट रनरअप तामाङले ५ लाख र सेकेन्ड रनरअप नेपालीले ३ लाख रुपैयाँ प्राप्त गर्नुभएको छ ।