प्रदेश सभा २ “क” अधिवेशन: सभापतिमा खनाल र उपसभापतिमा गुरुङ विजयी
वालिङ, ३ मङ्सिर २०७८
नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा जिल्ला प्रदेश सभा क्षेत्र नम्बर २ (क) को नतिजा भर्खरै सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार अर्जुनप्रसाद खनाल ३२७ मत प्राप्त गर्दै सभापति पदमा विजयी हुनु भएको छ ।
आज भएको प्रदेश सभा क्षेत्र नम्बर २ (क) को निर्वाचनमा खनाल ७६ मत अन्तरले विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी विद्या श्रेष्ठले २५१ मत प्राप्त गर्नुभएको छ ।त्यसै गरी उपसभापतिमा कुल बहादुर गुरुङ र भविश्वर कोइराला निर्वाचित हुनुभएको छ।गुरूङले ३०२ मत प्राप्त गर्नुभएको छ भने कोइरालाले २९० मत प्राप्त गर्नुभएको छ।उपसभापतिमा उम्मेद्वारी दिनुभएका बुद्धिनारायणअर्यालले २७२ मत प्राप्त गर्नुभएको छ भने मुक्तिप्रसाद सुवेदीले २२१ मत प्राप्त गर्नुभएको छ।सचिवमा डण्ड पानी पंगेनी (डण्डु) र अमृत अर्याल निर्वाचित हुनुभएको छ। सचिव पदमा डण्ड पानी पंगेनीले ३२७ मत र अमृत अर्यालले २९० मत ल्याएर विजयी हुँदा सचिव पदका अन्य उमेद्वारहरु विष्णु सुवेदी गैह्रेले २७२ मत र खुमकान्त खनालले २१२ प्राप्त गर्नुभएको थियो । त्यस्तै सहसचिवको सहसचिवमा दिक्षान्तप्रताप खाँण र बोधराज कुँवर निर्वाचित हुनुभएको छ ।५९२ क्षेत्रीय प्रतिनिधिहरूले मतदानमा भाग लिएका थिए।