संस्कृतिविद् डा. प्रभास काँग्रेसको सांस्कृतिक विभागको सल्लाहकारमा मनोनित
स्मार्ट अखबार संवाददाता
२० बैशाख २०७९
साभ नेपालका अध्यक्ष एवं संस्कृतिविद् डा. तुलसी प्रभास खनाल नेपाली काँग्रेस जिल्ला कार्यसमिती स्याङ्जा अन्तर्गत गठित भाषा, साहित्य तथा संस्कृति विभागको सल्लाहकारमा मनोनीत हुनुभएको छ।डा. प्रभासले लोक संस्कृतिको क्षेत्रमा विद्यावारिधि गर्नुभएको छ।उहाँले नेतृत्व गरेको संस्था साभ नेपालले पनि लोक संस्कृतिको अध्ययन अनुसन्धान र स्थानीय पाठ्यक्रम लेखनको काम गर्दै आएको छ। उहाँको योग्यता र अनुभवका आधारमा सल्लाहकारमा मनोनीत गरिएको नेपाली काँग्रेस भाषा साहित्य तथा संस्कृती विभाग संयोजक घनश्याम रिजालले जानकारी दिनुभयो। भाषा साहित्य तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै पार्टी हित अनुकूलका कार्य गर्न संस्कृति विभागको गठन गरिएको हो।भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा कृयाशील शर्मीला गुरूङ्, मीलन समीर, विश्वप्रेम अधिकारी, अर्जुन गैह्रे, देवीप्रसाद अर्याल,शिव हमाल लगायतका करिब ४ दर्जन स्रष्टाहरूलाई भाषा, साहित्य तथा संस्कृति विभागका विभिन्न पदहरूमा मनोनयन गरिएको छ।