अर्जुनचौपारीमा पालिका अध्यक्षका उम्मेदवार तिवारीको चर्चा किन बढी ?

बैशाख २१, २०७९


Dark grungy background or texture

२१ वैशाख २०७९

सिंगो देश निर्वाचनमय बनेकाे छ । राजनीतिक दल र उम्मेद्वारहरु चुनावी नतिजा आफ्नो पोल्टामा पार्न भरमग्दुर प्रयास गरिरहेका छन् । स्याङ्जाका ११ पालिकाहरुमध्येको एक अर्जुनचौपारी गाउँपालिकाको निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच  हुँदै छ । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट पालिकाकाे अध्यक्ष पदमा प्रकाश तिवारी र उपाध्यक्ष पदमा सपना गुरुङ्ग चुनावी मैदानमा हुनुहुन्छ । यसैगरी नेकपा एमालेकाे तर्फबाट चिनमाया गुरुङले अध्यक्ष पदमा र टंक प्रसाद खनालले उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ ।

को हुनुहुन्छ प्रकाश तिवारी ?

२० वर्षको उमेर देखि नै नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएर सक्रिय राजनीतिमा होमिनु भएका तिवारी ३२ वर्षको उमेरमै अहिले स्याङ्जा जिल्ला प्रदेश १ ख को सभापति हुनुहुन्छ । एम बिए सम्मको अध्ययन गर्नुभएका तिवारीले विभिन्न व्यावसायिक र सामाजिक संघसंस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ । २२ वर्षको सानो उमेरमै ‘उद्यमी नेपाल’ स्थापना गरी संस्थापक अध्यक्ष बन्नुभएका तिवारी २४ वर्षको उमेरमा ह्याथवे फाइनान्स र २६ वर्षको उमेर पाँचतारे र्‍याडिसन होटलकाे निर्देशक समेत बन्नुभएको थियो । उद्योग वाणिज्य महासंघको केन्द्रीय समितिका विभिन्न पदमा रहेर काम गर्नुभएका तिवारीसंँग अर्जुनचौपारी गाउँपालिकाको समृद्धि र विकासको स्पष्ट योजना छ ।

सुशासित, समुन्नत र सुसंस्कृत अर्जनुचौपारी’ भन्ने मूल एजेण्डा बोकेर चुनावी मैदानमा होमिनुभएका ३२ वर्षीय युवा तिवारीसंँग पालिकाको समृद्धिका लागि कार्यान्वयनयोग्य योजनाहरु मात्रै छन् । अर्जुनचौपारीमा पालिका अध्यक्षका उम्मेदवार तिवारीको चर्चा बढीरहेको छ किनभने तिवारीसँग  अन्य दलका उम्मेद्वारको जस्तो सपना र महत्वकांक्षा मात्रै भन्दा पनि धरातलीय यथार्थतामा आधारित योजनाहरु छन् । जसको कार्यान्वयनबाट सामाजिक, आर्थिक र पूर्वाधारको क्षेत्रमा अनुभूति गर्न लायक परिवर्तनहरु ल्याउन सकिन्छ ।  भ्रष्टाचार रहित प्रशासन, गुणस्तरीय विद्यालय शिक्षा, घरदैलोमा स्वास्थ्य सेवा, ग्रामीण पर्यटन र कृषिको विकास गर्दै ग्रामीण अर्थतन्त्रको विकास, समतामूलक समाजको निर्माण, खानेपानी र सरसफाइको उचित व्यवस्थापन र स्थानीय स्रोत र साधनको पहिचान एवं समुचित सदुपयोग उहाँका मुख्य चुनावी प्रतिवद्धताहरु हुन् ।