बाढी पहिरोमा परी ८४ जनाको मृत्यु, दर्जनौँ बेपत्ता
भीरकोट खबर डेस्क, कात्तिक ३
आइतबारदेखि परेको बेमौसमी वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी देशभरिमा ८४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी प्रदेश नम्बर १ मा ५१ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका विराटनगरका अनुसार हालसम्म सबैभन्दा बढि पाँचथरमा २७ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोमा परी इलाममा परी १३, धनकुटा ६, सुनसरीमा २, भोजपुर र मोरङमा १–१ जना तथा उदयपुरमा २ जनाको बाढी र पहिरोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सुदुर पश्चिम प्रदेशमा ज्यान गुमाउनेको सँख्या २५ पुगेको छ । अहिले सम्मकोे तथ्याङ्क अनुसार डोटीमा सबैभन्दा बढी १३, बैतडीमा ४ र डडेलधुरामा २ जनाको मृत्यु भएको छ । बाढीबाट बझाङमा ६ जनाको मृत्यु भएको छ ।
त्यसैगरि कर्णाली प्रदेशमा बाढि पहिरोका कारण ८ जनाको मृत्यु भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५, खरेलमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन् । कालिकोटमा १ जनाको मृत्यु भएको छ । पहिरोमा परेर जुम्लामा पनि १ जनाको मृत्यु भएको छ ।