पाठ्यक्रममा नैतिक शिक्षा लागु गर्न माग गर्दै नेवि संघ तनहुँको स्थानीय सरकारलाई ज्ञापनपत्र
बैशाख ०४, २०८१
स्मार्ट सम्वाददाता,
दुलेगौँडा ।
बैशाख ३, २०८१
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ तनहुँले विद्यालयको पाठ्यक्रममा नैतिक शिक्षा लागु गर्न माग गर्दै जिल्लाका विभिन्न पालिकाहरुमा ज्ञापन पत्र बुझाएको छ । सोमबार नेवि संघले शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, देवघाट र आबुखैरेनी गाउँपालिकाका प्रमुखहरुलाईं एकै साथ ज्ञापनपत्र बुझाएको हो ।
पछिल्लो समय समाजमा सम्मान, सत्कार र नैतिकता हराउँदै गएकाले स्थानीय पाठ्यक्रममा अनिवार्य रूपमा नैतिक शिक्षा विषय समावेश गर्न जरुरी देखिएको नेवि संघ तनहुँका अध्यक्ष सुरज लम्सालले बताए । उनले भने ‘ समाजमा हत्या हिँसा, बलात्कार, चोरी जस्ता आपराधिक तथा अराजग गतिविधिहरु बढिरहेका छन् । मानिसमा नैतिकता हराउँदै गएको छ । जसले गर्दा हाम्रो मुल्य, मान्यता, आदार सत्कारबारे साना विद्यार्थीहरुमा कमी देखिएको छ । विद्यालय तहदेखि नै अनुशासित र नैतिकवान बनाउन नैतिक शिक्षा अति नै महत्वपुर्ण छ ।’ उनले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका साथै आनीबानी, रहन सहन र अनुशासन सुधारका निम्ति स्थानीय तहको पाठ्यक्रममा अनिवार्य रूपमा नैतिक शिक्षा लागु गर्ने पर्नेमा जो्ड दिए ।