नागरिक एपको डिजिटल ड्राइभिङ लाइसेन्सलाई ट्राफिक प्रहरीको मान्यता

कार्तिक १३, २०८०


स्मार्ट न्युज डेस्क,
१३ कार्तिक २०८०, सोमबार

सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको नागरिक एपबाट देखाएको डिजिटल ड्राइभिङ लाइसेन्सलाई ट्राफिक प्रहरीले मान्यता दिने भएको छ।

सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नागरिक एपले  ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने र याे सेवा देशैभर लागू भएकाे विषयमा  जानकारी दिएकाे हाे ।

“नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ,” नागरिक एपकाे पोस्टमा लेखिएको छ । 

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

 चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्य हुने भएपछि सवारी चालकलाई सजिलो भएको छ। एप डाउनलोड गरी रजिस्टर गरेपछि इन्टरनेट नभएको बेलामा पनि सजिलै लाइलेन्स हेर्न / देखाउन सकिन्छ।