चापाकोट नगरपालिकाद्धारा बजेट झण्डै ६० करोडको बजेट प्रस्तुत

असार १४, २०७८


चापाकोट नगरपालिकाको नवौं नगरसभा सोमवार सम्पन्न भएको छ । नगर प्रमुख शिव कुमार गिरीको अध्यक्षता सुरु भएको नगर सभामा नगर उप प्रमुख विमला श्रेष्ठले ५९ करोड ५४ लाख ३१ हजार रुपैंया बरावरको बजेट पेश गरेकी हुन् ।

नगरसभामा नगर प्रमुख शिव कुमार गिरि ले आर्थिक वर्ष ०७८र०७९ का लागि निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षका लागि चापकोट नगरपालिकाले आन्तरिक हवाइ मैदानको लागि चापाकोट नगरपालिका स्थित मचेडाडा मा निर्माण हुनेगरी (DPR) को लागि आवश्क बजेट बिनियोजन गरेको छ ।

यसैगरी नगरपालिकाले कृषि क्षेत्रमा चापाकोटको विकासका लागि वडा नम्बर ४ दार्शिङ मा निर्माणाधिन रहेको दूध चिस्यान केन्द्र तत्कालै सन्चालन मा ल्याउने गरी बजेटको व्यवस्था गरिएको छ । सुन्तलीटार मा आलु चिस्यान केन्द्र निर्माणका लागि पनि बजेट बिनियोजन भएको छ ।

नगरपालिकाले चापाकोटलाई समृद्ध चापाकोट निर्माणकालागि शिक्षा ,स्वास्थ, कृषि ,पर्यटन बिकासका योजनाहरु छनौट गरी बजेटको व्यवस्था गरिएको छ भने स्वास्थ्य क्षेत्रमा हाल विद्यमान कोरोना भाइरस रोग नियन्त्रण र नागरिकको उपचारको सहज व्यवस्थाका लागि बजेटले सम्वोधन गरेको छ । विरामीहरुका लागि आइसोलेशन र क्वारेन्टीनको व्यवस्थालाई थप प्रभावकारी वनाउन बजेट व्यवस्था गरिएको समेत जानकारी दिएका छन् ।

नगर सभामा वित्तीय समानीकरण तथा सशर्त अनुदान गरी संघवाट प्राप्त हुने ३१ करोड ९३ लाख र प्रदेस शसर्त कार्यक्रम १ करोड र पुँजीगत तर्फको १३ करोड ६० लाख ५० हजार र चालू तर्फको १३ करोड ६० लाख ५० हजार गरी जम्मा ५९ करोड ५४ लाख ३१ हजार रूपैया को बजेट प्रस्तुत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले जानकारी दिए ।