एक हप्ते च्याउ उत्पादन तालिम सुरू

माघ १९, २०७८


स्मार्ट अखबार संवाददाता
२० माघ २०७८
भीरकोट नगरपालिकामा एक हप्ते च्याउ उत्पादन तालिम सुरू भएको छ। घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाको आयोजना र नगरपालिकाको समन्वयमा तालिमको आयोजना गरिएको हो। नगरपालिकाको वडा नं ३ स्थित सहिद शुक्र माध्यमिक विद्यालयमा संचालित तालिममा २० जना कृषहकरूको सहभागीता रहेको छ।२५ गतेसम्म संचालन हुने तालिममा सहभागीहरूलाई प्रशिक्षक गणेश ढकालले प्रशिक्षण दिनुहुने नगरपालिकाका बोर्ड सदस्य विष्णुमाया काफ्लेले जानकारी दिनुभयो।
नगर प्रमुख छायाराम खनालको प्रमुख आतिथ्यतामा र वडा नं ३ का अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको तालिम समुद्घाटन समारोहमा जनप्रतिनिधिहरू र कृषकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले तालिमको व्यवहारिक कार्यान्वयन गर्दै मनग्य उत्पादन गर्न र सफल च्याउ व्यवसायी बन्न तालिममा सहभागीहरूलाई आग्रह गर्नुभएको थियो।उहाँले थप्नुभयो , ” बजार व्यवस्थापन र आर्थिक तथा प्राविधिक सहयोगका लागि नगरपालिका सदैव कृषकहरूको साथमा छ। ढुक्क भएर सके जति उत्पादन गर्नुस्। बिक्रीवितरणको लागि कुनै चिन्ता लिनुपर्दैन।”