मुक्तिनाथ कृषि कम्पनीको आम्दानी ११० प्रतिशतले बृद्धि, मुनाफा सँगै प्रतिशेयर आम्दानी बढ्यो

बैशाख ३०, २०८१


काठमाडौं । कृषि क्षेत्रबाट पहिलो पटक आइपिओ निष्काशन गरेको मुक्तिनाथ कृषि कम्पनीले ११० प्रतिशतले आम्दानी बढाउन सफल भएको छ । यसै वर्ष सर्वधारण लगानीकर्ताका लागि आइपिओ निष्काशन गरेको कम्पनीले अवको केहि वर्षमा आफुलाई ‘युनिलिभर’ कै तहमा पुर्याउने गरी काम गरिरहेको छ । यसका लागि देशव्यापी रुपमा शाखा सञ्जाल सँगै व्यवसायिक कृषिलाई जोड दिदै आएको छ । यसले कृषि प्रकृयाँको सामान्य मलखाददेखि लिएर उपभोक्तासम्म बिक्री वितरण गर्ने प्रणालीको विकास गरेको छ ।

विगतका वर्षमा लगानीलाई मात्रै जोड दिएको कम्पनीले यसवर्षदेखि ब्रेक थ्रु गर्दै तेस्रो त्रैमाशिक अवधिमा २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा यो कम्पनी २ करोड ९९ लाख रुपैयाँ खुद घाटामा थियो । व्यापार बढेसँगै नाफामा सुधार आएको हो । गत वर्ष कम्पनीले १७ करोड ८५ लाख रुपैयाँको व्यापार गरेको थियो । अहिले ११० प्रतिशत बढेर ३७ करोड ६१ लाख पुगेको छ ।

७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको मुक्तिनाथ कृषिको अदर इक्विटी ४ करोड ३७ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने ९३ रुपैयाँ ७५ पैसा रहेको छ । वित्तीय खर्च ८५ लाख ७० हजार रुपैयाँ पुगेको रिपोर्टमा उल्लेख छ ।

कम्पनीको भविष्य राम्रो रहेकै कारण दोस्रो बजारमा पनि कम्पनीको शेयर मूल्य राम्रो रहेको छ । यस वर्ष लाभांश दिन नसके पनि आगामी वर्षमा कम्पनीले तुलनात्मक रुपमा धेरै राम्रो प्रतिफल दिन सक्ने देखिन्छ । व्यवासयिक कृषिलाई जोड दिदै कृषि प्रधान मुलुक नेपालमा कृषि क्षेत्रमा धेरै अवसर रहेको कम्पनीको भनाइ छ । यहि अवसरलाई कम्पनी मोडलबाट अगाडी बढि रहेको मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रमा अझै धेरै लगानी बढाउदै लैजाने र शेयरधनीहरुलाई आगामी दिनमा आकर्षिक प्रतिफल दिने लक्ष्य लिएको छ ।

(स्रोत BFIS News)