मुक्तिनाथ बिकास बैंकद्वारा काजकिरिया राहत खर्च वितरण

कार्तिक २५, २०७९


राम बहादुर रोकाहा , स्याङ्जा
२५ कार्तिक २०७९

मुक्तिनाथ विकास बैंक लिमिटेड अर्जुनचौपारी शाखा कार्यालयले बैंकको लघुवित्त कार्यक्रममा आवद्ध सदस्यको परिवारलाई काजकिरिया राहत खर्च वितरण गरेको छ ।

विज्ञापन

बैंकको अर्जुनचौपारी शाखा कार्यालयको लघुवित्त कार्यक्रमकी सदस्य अर्जुनचौपारी गाउँपालिका-१ सिमलचौर निवासी याम कुमारी बिष्टलाई काजकिरिया राहत खर्च बापत १४ हजार पाँच सय रूपैयाँ प्रदान गरिएको शाखा कार्यालय प्रमुख निर्मल मरासिनीले जानकारी दिए।निजको श्रीमान् शेर बहादुर बिष्ट क्षेत्रीको गत असार ३० गतेका दिन असामयिक निधन भएको थियो । उक्त रकमको चेक निजका घरपरिवारका अन्य सदस्यहरु , आफन्तहरु , स्थानीय बुद्धिजीवी , भद्रभलाद्मीहरुको उपस्थितिमा सोही वडाकी वडा सदस्य विष्णु कुमारी क्षेत्रीको रोहवरमा हस्तान्तरण गरिएको शाखा प्रमुख मरासिनीले बताउनुभयो ।

उक्त कार्यक्रममा सोही वडाकी वडासदस्य क्षेत्रीले बैंकको “जनता बैंकमा होइन,बैंक जनतामा जानुपर्छ” भन्ने मुल नारालाई साच्चिकै सार्थकता दिएको र बैंकले नाफा मुखीभन्दा पनि सामाजिक कार्य गर्दै अर्जुनचौपारी गाउँबासीको सुखदुःख दुवैमा साथ दिँदै आएको कुरा जनाउँदै अब आउने दिनमा बैंकले सफलता तथा सामाजिक कार्यलाई निरन्तरता दिनेछ भन्ने अपेक्षा सहित शुभकामना व्यक्त गरेकी थिइन्।

त्यस्तै सोही कार्यक्रममा मुक्तिनाथ विकास बैंक स्याङ्जा अर्जुनचौपारी शाखा कार्यालयका प्रमुख निर्मल मरासिनीले बैंकका सामाजिक उत्तरदायित्व अन्तर्गतका सेवासुविधा तथा समग्र समसामयिक घटनाका बारेमा जानकारी गराएका थिए।

बिज्ञापन

“जनता बैंकमा होइन , बैंक जनतामा जानुपर्छ”भन्ने मुल नाराका साथ आधुनिक बैंकिङ , लघुवित्त र सिमित बैंकिङ एकै साथ संचालन गर्ने नेपाल कै पहिलो बैंक मुक्तिनाथ विकास बैंक स्याङ्जामा उत्कृष्ट बैङ्किङ कारोबार गर्ने बैङ्क हो।स्याङ्जाका १० वटा पालिकामा यसका शाखा कार्यालहरू छ्न्।