सोमबार शोक विदा

माघ ०१, २०७९


स्मार्ट संवाददाता , काठमाडौं
१ माघ २०७९

विज्ञापन
बिज्ञापन

सरकारले भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको छ ।पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरुको सम्झनामा शोक मनाउन भोलि सोमबार सरकारले देशैभर शोक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको आजको आकस्मिक बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।