अनेरास्ववियुद्वारा शोक व्यक्त

माघ ०२, २०७९


स्मार्ट संवाददाता, बुटबल
२पुस २०७९

अनेरास्ववियु बुटबल बहुमखी क्याम्पस इकाइ कमिटीले आइतबार पोखरामा भएको हवाइ दुर्घटना र मानवीय क्षतिप्रती गहिरो दु:ख एवं शोक व्यक्त गरेको छ।

विमान दुर्घटनाकाे अकल्पनीय समाचारले स्तब्ध भएको बताउँदै अनेरास्ववियु बुटबल बहुमखी क्याम्पस इकाइ कमिटीले उक्त दुर्घटनामा जीवन गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। क्याम्पस परिसरमा दीप प्रज्जवलन गरेर दिवङ्गतहरूको आत्माको शान्तीको कामना समेत गरिएको थियो। शोक मन्तव्य अनेरास्ववियु क्याम्पस कमिटी सचिवालय सदस्य दुर्ग बहादुर एम सीले वाचन गरेका थिए। मृतकका परिवारप्रती कमीटीले गहिरो समवेदना समेत प्रकट गरेको अनेरास्ववियु बुटवल बहुमुखीका विद्यार्थी नेता कुसल तिवारीले जानकारी दिए।