स्मार्ट अखबार संवाददाता
१२ साउन २०७९

स्याङ्जा जिल्ला भीरकोट नगरपालिका स्थायी ठेगाना भएका एक वेवारिसे व्यक्तिको उद्धार गरिएको छ। मानसिक रूपमा बिरामी एवं असामान्य व्यवहार गर्ने वडा नं ८ निवासी २२ वर्षीय सुजन कुमार गुरूङ्को उद्धार गरी मानव सेवा आश्रम पोखरा पठाइएको वडा अध्यक्ष नन्दलाल खनालले जानकारी दिनुभयो।वडा अध्यक्ष खनालको पहलमा वडा प्रहरी कार्यालय वालिङ, जिल्ला प्रशासन कार्यालय स्याङ्जा र भीरकोट नगरपालिकाको सहयोगमा निजलाई उद्धार गरिएको हो। भीरकोट नगरपालिकाको एम्बुलेन्स मार्फत उहाँलाई पोखरा लगिएको हो।

उद्धार गरिएका व्यक्ती वेवारिसे तरिकाले वडा नं ८ र ६ का विभिन्न सडक खण्डमा सुत्ने गरेका थिए। निज लागूपदार्थ दुर्व्यसनीमा फसेको र मानसिक सन्तुलन गुमाएका व्यक्ती भएको हुँदा बाटोमा आवतजावत गर्ने विद्यार्थी र महिलाहरू एकदमै त्रसित भएर हिड्नुपर्ने बाध्यता थियो। स्थानीय बालोदय मा.वि. अध्यापनरत शिक्षिका मुना खनालले भन्नुभयो, ” साना नानीबाबुहरू विद्यालय आउँदा जाँदा बाटोमा निकै त्रसित हुन्थे। वडा अध्यक्षको पहलमा समस्या समाधान भएको छ। म मेरो व्यक्तिगत र विद्यार्थीहरूको तर्फबाट वडा अध्यक्षलाई धन्यवाद व्यक्त गर्दछु।”

उद्धार गरिएका व्यक्ती सुजन गुरूङका बुवा वैदेशिक रोजगारीमा रहेको र घरमा निजलाई उपचार एवं हेरचाह गर्ने व्यक्ति कोही पनि नभएको हुँदा मानव सेवा आश्रम पोखरा पठाइएको वडा अध्यक्ष खनालले जानकारी दिनुभयो। निज गुरुङलाई मानव सेवा आश्रम पोखराको हेम्जा शाखामा राखिएको आश्रमकी समर्पित अभियन्ता मनिकला नेपालीले जानकारी दिनुभयो। समर्पित अभियन्ता नेपालीले उहाँको व्यवहार र गतिविधि केही असमान्य देखिएको हुँदा डाक्टरको परामर्शमा उपचार प्रक्रिया अगाडि बढाइने बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here