भीरकोटमा लघु उद्यम विकास सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न l

मङि्सर १०, २०७७


भीरकोट खबर डेस्क: 
भीरकोट नगरपालिकामा गरिवी निवारण सम्बन्धी आर्थिक अवस्था कमजोर भएकाहरुलाई आर्थीक उपार्जनका लागी लघु उद्यम विकास कार्यक्रमको एक दिने अभिमुखीकरण नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

भीरकोट नगरपालिका भित्र रहेका अति विपन्न आर्थिक अवस्था कमजोर भएका नागरीकलाई मध्यनजर राखेर उनीहरुको आर्थिक अवस्था मजवुत गराउने हेतुले एक दिने लघु उद्यम विकास सम्वनधी कार्यक्रम संचालन गरीएको भन्दै नगर उप प्रमुख सिमा केसी कर्माचार्यले अवको केही दिन पछी नगर स्तरीय लघु उद्यम विकास समिति गठन गरी सवै वर्गको सहभागीता रहने गरी योजना निर्माण गरी कार्यक्रमलाई दुत्र रुपमा अगाडी वढाई कार्यान्वयनमा ल्याउने वताईन ।
भीरकोटका जनप्रतीनीधि, कर्मचारीहरुको सहभागिता रहेको लघु उद्यम विकास सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको सहजिकरण उद्योग वाणिज्य लघु उद्यम विकास अधिकृत प्रगती भट्टराईले गर्नुभएको थियो ।

भीरकोट नगरपालिकाका नगर उप प्रमुख सिमा केसी कर्मार्चायको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रमको संचालन सुचना अधिकारी राम प्रसाद खनालले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा लघु उद्यम विकास कार्यक्रमको लागी अनुगमन उप समिति गठन गर्ने निर्णय भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए ।