नगर प्रमुख खनाल कोरोना मुक्त

मङि्सर ३०, २०७७


भीरकोट
भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनाल कोरोना संक्रमणवाट मुक्क्त हुनुभएको छ ।
कार्यालयको काम विशेष काठमाण्डौ जानुभएका नगर प्रमुख खनाललाई १५ दिन अगाडी कोरोना पोजेटिभ देखीएको थियो ‍
१५ दिन पछि गत आईतबार कोरोना नेगेटिभ देखिएको काठमाण्डौ स्थीत सशस्त्र प्रहरी अस्पतालले जानकारी गराएको हो ।
भीरकोट खवर डट कम संग कुरा गर्दै नगर प्रमुख खनालले स्वास्थ्य अवस्था पहिलेकै जस्तो स्वास्थ्य रहेको भन्दै मंगलवार गृह जिल्ला स्याङ्जा फर्कने बताउनु भयो ।
नगर प्रमुख कोरोना मुक्त भए पश्चात सामाजिक संजालमा जारी सन्देश “आदर्णिय मेरो कोरोना पोजेटिभ रिपोर्ट आएको खबरले दुखिभई शुभेक्क्षा राख्ने महानुभाबहरु यहांहरुको शुभेच्छा भगवानको अनुकम्पाले आजको रिपोर्ट नेगेटिभ आएकोछ सबैमा आभार ब्यक्त गर्दछु छिट्टै स्याङ्जा फर्कनेछु धन्यबाद”