ने.क.पा (माओवादी केन्द्र) भीरकोट नगरकमिटीको बैठक सम्पन्न

भदौ २६, २०७८


भाद्र २६, भीरकोट खबर डेस्क,



नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रको) भीरकोट नगर कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकलाई नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज तथा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य शैलेन्द्र घिमिरे, गण्डकी प्रदेश कमिटी सदस्य तथा भीरकोट इन्चार्ज तारा प्रसाद भुषाल, स्याङ्जा जिल्ला संयोजक प्रकाश न्यौपाने र वरिष्ठ नेता गिरिधारी कोइरालाले राष्ट्रिय राजनीति, पार्टी केन्द्र, प्रदेश र जिल्ला कमिटिका नयाँ कार्ययोजना, परिपत्र र प्रशिक्षण सहित आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । बैठकले भीरकोट नगरपालिका भित्रका नौ वटै वडामा कमिटीका अध्यक्ष तथा सचिव चयन गर्दै विभिन्न विभाग, मोर्चा र जन वर्गीय संगठनको प्रमुख समेत तोकेको छ । श्याम प्रसाद कोइरालालाई वाइसिएलको जिम्मेवारी दिइएको छ भने रेखा बसेललाई महिला संगठनको जिम्मेवारी दिइएको छ ।यसैगरी पर्वत खाम्चा मगरलाई किसान/सहकारी संगठनको, विष्णु बहादुर बि.क.लाई दलित मुक्ती मोर्चाको, बसिर दिन मियाँलाई मुस्लिम मोर्चाको, टीका बहादुर दर्लामीलाई मगर राष्ट्रिय मुक्ती मोर्चाको, रमेश ढुंगाना र मञ्जली बस्याललाई जनसांस्कृतिक महासंघको जिम्मेवारी तोकिएको नव नियुक्त नगर कमिटी अध्यक्ष मीन प्रसाद कोइरालाले जानकारी दिनुभयो । नगर सचिवको जिम्मेवारी तिल बहादुर गुरुङलाई दिइएको छ । नगर कमिटि अध्यक्ष कोइरालाका अनुसार विस्तारित बैठकले आगामी असोज पाँच गते भित्र सबै टोल तथा वडा कमिटिका बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।