भीरकोटमा मतदाता नामावली संकलन जारी

मङि्सर १९, २०७८


१९ कार्तिक २०७८, भीरकोट खबर डेस्क,

आगामी स्थानीय, प्रदेश तथा संघीय चुनावलाई लक्षित गरेर निर्वाचन आयोगले स्थानीय पालिकाको केन्द्रमा संचालन गरेको मतदाता नामावली संकलन भीरकोटमा जारी छ । यहि मङ्सिर १७ गतेदेखी नगरपालिकाको कार्यालय, बयरघारीमा सुरू भएको नामावली संकलन कार्य मङ्सिर २६ गतेसम्म जारी रहने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले वडागत रूपमा समय तालिका बनाएर मतदाता नामावली दर्ता गर्न सूचना जारी गरेको भए पनि जनचाप कम रहेकाले २६ गते सम्म जुनसुकै दिन आए पनि नाम दर्ता गर्न सकिने नगरपालिकाका सूचना अधिकारी रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार २६ गतेसम्म अनुकुल समयमा नगरपालिकामा नागरिकताको सक्कल प्रमाणपत्र सहित व्यक्ती स्वयं उपस्थित भई नाम दर्ता गर्न सकिने छ। १६ वर्ष उमेर पुगी नागरिकता प्राप्त गरेका सबै नेपाली नागरिकले नाम दर्ता गर्न सक्ने भएपनि विद्यमान कानुन अनुसार मताधिकार प्रयोग गर्न भने १८ वर्ष उमेर पुगेको हुनुपर्छ ।