पितृसत्तात्मक सोँच परिवर्तन गर्न आवश्यक छ : पूर्व मन्त्री अर्याल

फागुन २४, २०७८


कला राना, २४ फागुन २०७८,वालिङ

                                                     

पुर्व मन्त्री पद्मा अर्यालले महिलालाई थप अगाडि बढाउन पितृसतात्मक सोँचमा परिर्वतन ल्याउन आवश्यक रहेको बताउनुभएको छ । मंगलबार अनेमसंघ वालिङ नगरकमिटिद्वारा ११२औँ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा एमाले केन्द्रीय कमिटि सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका अर्यालले महिलाका पक्षमा संविधानमा कानुन स्थापित गरिएको भन्दै ती कानुन तथा नीति नियमलाई कार्यान्वयनका चरणमा लैजानका लागि महिला स्वयम् क्रियाशिल हुन आवश्यक रहेको बताउनुभयो ।

महिला शसक्तिकरणका लागि अब आन्दोलन गरिहनु पर्ने अवस्था नरहेको भन्दै दृष्ट्रिकोणमा परिर्वतन गर्नु, पितृसत्तात्मक सोँच परिवर्तन गर्नु र परनिर्भरताविरुद्धको लडाँई आवश्यक रहेको उहाँले बताउनुभएको हो । महिला र पुरुष समान रहेका भन्दै महिलालाई समेत जिम्मेवारी र अवसर दिईयो भने नेतृत्व सम्हालेर अगाडि बढ्न सक्छन् भन्ने उदाहरण हाम्रै मुलुक तथा विश्वमा रहेको उल्लेख गर्नुभयो । प्रगतिशिल सोँच भएका पुरुषहरुसंँगको सहयोगमा परनिर्भरता विरुद्धको अभियान र महिलालाई आर्थिक रुपमा मजबुद तथा शसक्त बनाउने मुद्धा अबको रहेको उहाँको भनाई छ ।



20220308_133231.jpg

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सिता सुन्दास, एमाले  केन्द्रिय सदस्य निर्मला लम्साल, अनेम संघ केन्द्रिय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य खगिसरा थापा, प्रदेश सदस्य उदय श्रेष्ठ, जिल्ला उपाध्यक्ष कृष्ण खांण, जिल्ला सदस्यहरु पुण्यप्रसाद अर्याल, रुपा गुरुङ, गौमती गुरुङ, सिता डुम्रे, पार्टीका वालिङ नगरकमिटि अध्यक्ष शोभाकान्त पौडेल, सचिव यमकान्त खनाल, उपसचिव सिता गुरुङ, नगरकमिटि सचिवालय सदस्य मैनाकुमारी कोईराल, नगरकमिमिट सचिव जैसरा रेग्मी, अनेम संघ वडाबाट छायाँ लुँईटेललगायतले बोल्नुभएको थियो ।

अनेमसंघ नगर उपाध्यक्ष ईश्वरी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा नंं १२ की सचिव देउकुमारी गुरुङ, सञ्चालन वडा नं. २ की सचिव सृजना सिग्देल र धन्यवाद जिल्ला सदस्य अनुपमा ढुंगानाले गर्नुभएको थियो । कार्यक्रममा अनेम संघका अग्रजहरु धनकुमारी खांण, शान्ति अर्याल, मायादेवि कंडेल, चन्द्रकला गैह्रे, घना गैह्रेलाई सम्मान गरिएको थियो ।