दोहोरी गीत प्रतिष्ठानको शुभकामना आदानप्रदान तथा वार्षिक साधारण सभा सम्पन्न

असोज २५, २०७८


असोज २५, प्रकाश अर्याल                                                                                                  राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति स्याङ्जाको १९ औं वार्षिक साधारणसभा तथा दशै, तिहार, छठ पर्वको शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम संविधान सभा सदस्य माननीय राजु थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।त्रिभुवन आदर्श मा वि स्याङ्जामा प्रतिष्ठान जिल्ला स्याङ्जाका अध्यक्ष ऋषि डुम्रेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको विशिष्ट अतिथि राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान केन्द्रको केन्द्रिय सदस्य शंकर बिरही गुरुङ, प्रतिष्ठान स्याङ्जाका सल्लाहकारहरू घनश्याम रिजाल र पदमराज गुरुङ हुनुहुन्थ्यो। त्रिभुवन आदर्श मा. वि. का प्रधानाध्यापक मुक्ति प्रसाद रेग्मी, पु ब न पा नगर सभापति, वडा सभापतिहरू लगायत सम्पुर्ण लोक गीत संगितप्रेमीहरुको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा आगन्तुक सबैलाइ स्वागत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नेत्र खड्काले गर्नुभएको थियो । कार्यक्रमको संचालन राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जिल्ला स्याङ्जाका सचीव राजेश भण्डारीले गर्नु भएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले गीत संगीत बचाइराख्नको लागि लोक गीत प्रतिष्ठान जिल्ला स्याङ्जाको कार्यसमितिले अहम् भुमिका निभाइ रहेकोमा सबैलाई धन्यवाद दिनुभएको थियो । लोक गीत संगीत बचाउन, नयाँलाइ प्रोत्साहन, अग्रजलाइ सम्मान गर्नको लागि आफ्नो साथ र समर्थन रहेको जानकारी गराउँदै दशैं,तिहार र छठ पर्वको अवसरमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ शुभकामना प्रदान गर्नुभएको थियो।

उक्त कार्यक्रममा कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रम, गायन, नृत्यहरु पनि राखेका थिए ।उपस्थित सबै अतिथिहरुले शुभकामना आदानप्रदान गर्नुभएको थियो। साधारणसभामा उपस्थित सबै अतिथिहरुलाइ खादा र मायाको चिनोले सम्मान गरिएको थियो।सभाले संस्थामा निष्क्रिय रहेका सदस्यहरूलाई निष्कासित गरी नयाँ सदस्य मनोनीत गरेको छ।