भीरकोटमा गठन भयो लायन्स क्लब

साउन ०५, २०८०


स्मार्ट संवाददाता,
५ साउन २०८०, शुक्रबार

स्याङ्जाको भीरकोट नगरपालिकामा लायन्स क्लब गठन भएको छ। भीरकोटका युवा नेता याम प्रसाद अधिकारी (लक्ष्मण) को नेतृत्वमा बिहिबार लायन्स क्लब अफ भीरकोट गठन गरिएको हो।

विशुद्ध मानवीय सेवा गर्ने संसारकै सबै भन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था लायन्स क्लवको  प्रस्तावित लायन्स क्लब अफ भीरकोटको कार्यसमितिमा २५ जना सदस्यहरू रहेका छ्न्।युवा नेता एवं समाजसेवी याम प्रसाद अधिकारी (लक्ष्मण) ले मानवीय र सामाजिक सेवा गर्ने उद्देश्यले लायन्स क्लब अफ भीरकोट गठन गरिएको बताए।

 

विज्ञापन

“आफ्ना लागि त सबैले गर्छन, अरुका लागिकेही गरौं ” र “समाज एवं राष्ट्रका लागि आफ्नो प्रतिभा अथवा क्षमतालाई प्रयोग गरी हामी सेवा गर्छौं” भन्ने प्रतिबद्धताका साथ गठित भीरकोट लायन्स क्लवको अभिमुखिकरण कार्यक्रम यहि साउन ५ गते बिहिबार लायन्स क्लब अफ पोखरा माउन्टेन सिटी( Lions Club of Pokhara mountain City )मातृत्वमा सम्पन्न भएको छ। भीरकोटको युवा व्यवसायी तथा समाजसेवीहरूको सहभागिता र भीरकोट नगरपालिकाका नगर प्रमूख गोविन्द कुमार कर्माचार्यको प्रमूख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

आगामी दिनहरुमा क्लबले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन लगायतका विभिन्न सामाजिक र मानवीय सेवामा सहयोग पुर्‍याइ सभ्य र सुरक्षित समाज सुरक्षीत र स्वतन्त्र राख्न अग्रसर हुने नवगठित क्लबका अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण)ले बताए ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी