सरकारलाई निर्णय सर्वोच्चद्वारा बदर, रिगललाई तत्काल पक्राउ गर्न अदालतको आदेश

कार्तिक १६, २०८०


१६ कार्तिक २०८०, बिहिबार 

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा बदर गरेको छ । बिहीबार का.मु. प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्‍ल र कुमार चुडालको संयुक्त इजलासले रिगलको कैद मिनाहा गर्ने  सरकारको निर्णयलाई बदर गरिदिएको हो ।

अदालतले उनको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न परमादेश पनि दिएको छ । चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगललाई सरकारले कैद माफी दिएको थियो । उनी राष्ट्रपतिबाट बाँकी कैद माफी पाउँदै संविधान दिवसको दिन छुटेका थिए । सरकारको उक्त निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।