कोल्मा क्रसकन्ट्रीमा सेनाका तामाङ च्याम्यिन

पुष ०७, २०८०


स्मार्ट संवाददाता ,स्याङ्गजा

७ पुस २०८०, शनिबार 

 

स्याङजाको कोल्मामा भएको चौथौं संस्करणको क्रसकन्ट्री दौडमा गोपाल तामाङ च्याम्पियन भएका छन् ।

२५ किलोमिटर दुरी १ घण्टा ३१ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै नेपाली सेनाका तामाङ च्याम्पियन बनेका हुन् ।

गोरखाका सञ्जय श्रेष्ठले १ घण्टा ३३ मिनेट ४३ सेकेन्डमा दौड पुरा गर्दै उपविजेता भए ।

हुम्लाका सुशिलकुमार शाहीले १ घण्टा ३४ मिनेट २ सेकेन्डमा निर्धारित दुरी दौडेर तेस्रो स्थान हासिल गरे ।



विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः ५० हजार, ४० हजार, र ३० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल पाएका छन् ।

कोल्मा बराहचौरदेखि सुरु भएको दौड काउँले, बहाकोट, नाम्चे, काल्खु, राईपुर, ओरष्टे भन्ज्याङ कोल्मा बराहचौरमा पुगेर टुंगिएको थियो ।

१० किलोमिटर पुरुषतर्फ तनहुँका सनम गुरुङ विजेता भए । पोखराका तेन्जन रोका दोस्रो र मनोज रोका तेस्रो भए ।

उनीहरु क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडलबाट पुरस्कृत भएका छन् ।

विज्ञापन

५ किलोमिटर महिलातर्फ जुम्लाकी राममाया बुढा विजेता हुँदा दाङकी सुस्मिताकुमारी चौधरी दोस्रो र पोखराकी नित् तामाङ तेस्रो भइन् ।

उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।