चापाकोटमा ट्याक्टर सहित अवैध सालको काठ बरामद

चैत १५, २०७८


१५ चैत्र २०७८, स्याङ्जा

स्याङ्जाको चापाकोट नगरपालिकाबाट प्रहरीले ट्याक्टर सहित अवैध सालको काठ बरामद करिब बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार चापाकोट नगरपालिका वडा नं ६ घारापानीबाट प्रहरी चौकी साँखरबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सालको काठ सोमबार बिहान बरामद गरेको हो ।

रोकी राखेको ग १ त २६५० नम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा ३४ थान चिरान काठ, ५३.८१ क्यु फिट फेला पारेको प्रहरीले बताएको छ । बरामद गरिएको काठको मूल्य ७८ हजार रूपैयाँ पर्ने बताइएको छ।प्रहरीले फेला परेको काठ र ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारहीको लागि सव डिभिजन कार्यालय चापाकोटमा बुझाएको जनाएको छ ।