टिकटक भिडियो प्रतियोगितामा स्याङ्जाकी काफ्ले प्रथम

साउन १४, २०७९


स्मार्ट अखबार संवाददाता
१४ साउन २०७९

राष्ट्रिय युवा संघ साइबर सर्कलद्वारा आयोजित टिकटक प्रतियोगितामा क्रियटिभ विधातर्फ स्याङ्जा जिल्लाकी पवित्रा काफ्ले प्रथम हुनुभएको छ।देशभरका विभिन्न व्यक्तिहरुको टिकटक भिडियोबाट उहाँको भिडियोले प्रथम स्थान हासिल गर्न सफल भएको हो।‌ प्रथम स्थान हासिल गरेसँगै उहाँले नगद रु १ लाखको चेक समेत प्राप्त गर्नुभएको छ। उहाँ प्रसिद्ध नृत्यकार समेत हुनुहुन्छ। काफ्ले गीत तथा संगीतको क्षेत्रमा क्रियाशील हुनुहुन्छ। उहाँ राष्ट्रिय जनसंगीत कलाकार संघको केन्द्रीय सचिवालय सदस्य समेत हुनुहुन्छ।