भीरकोट जेसिज सम्मानित

भदौ ३०, २०७८


भदौ ३०, भीरकोट खबर डेस्क,

जेसिआई पालुङ्गको आतिथ्यमा सुसम्पन्न क्षेत्र “ख” सम्मेलनमा भीरकोट जेसीज Best Community Sector Award बाट र त्रैमासिक उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको छ।

मानवताको सेवानै जीवनको सर्वोत्कृष्ट कार्य हो भन्ने जेसिजको मूल मन्त्रलाई आत्मसात गर्दै कोभिड महामारीको समयमा “विपद् मा हामी” अभियान संचालन गरि यातायात सुविधा नपाएर अप्ठ्यारोमा परेका भीरकोटका नागरिकहरूलाई समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन सहयोग गरेको मानविय सेवाको उच्च मुल्यांकन गर्दै भीरकोट जेसिजलाई Best Community Sector Award बाट र त्रैमासिक उत्कृष्ट पुरस्कारबाट सम्मानित गरिएको हो।

“विपदमा हामी” अभियानका क्रममा भीरकोटका ५०० भन्दा बढी कोरोना संङ्क्रमित बिरामीहरूलाई निशुल्क यातायात सेवा प्रदान गरिएको थियो।यो अभियानमा भीरकोटका वडा नं ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारीले भीरकोट जेसिज सँग सहकार्य गर्दै आफ्नो नीजि सवारी साधनलाई एम्बुलेन्स बनाई सेवा गरेका  थिए।आफैं चालक भएर महामारीको समयमा जनतालाई निशुल्क यातायात सुविधा प्रदान गरेको कारण जनताले अधिकारीको खुलेर प्रशंसा गरेका थिए।

जेसिजले संचालन गरेको विपदमा हामी अभियानलाई भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनाल, उपप्रमुख सिमा के.सी कर्माचार्य ,नेपाल महिला संघ क्षेत्र नं २ का अध्यक्ष सुनिता उच्चै ठकुरी, नेपाल निजामती कर्मचारी युनियन स्याङ्जाका अध्यक्ष ज्ञान प्रसाद अर्याल,  हिमालयन इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल हरी प्रसाद अर्याल लगायतका धेरै व्यक्तित्वहरूले आर्थिक सहयोग गर्नुभएको थियो।