भीरकोट जेसिजको अध्यक्षमा खड्का निर्वाचित

पुष ०८, २०८०


स्मार्ट संवाददाता, भीरकोट
८ पुस २०८०, आइतबार

भीरकोट जेसिजको छैटौं साधरण सभा तथा पाँचौ अधिवेशन सभा सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको साधारणसभा तथा अधिवेशनबाट जेसी भरत खड्का वर्ष २०२४ को अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

उक्त अधिवेशनबाट  कार्यकारीणी उपाध्यक्षहरुमा जेसि गेमा सारु मगर, सुशील अर्याल निर्वाचित  भएका छन् ।यसैगरी उपाध्यक्षहरुमा आयुष पौडेल, नारायण प्रसाद कोइराला, जगदिश अर्याल र मुुनाल गोदार  निर्वाचित भएका छ्न् । निर्वाचन समितिका संयोजक एवं भीरकोट जेसिजका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पौडेलले अध्यक्ष लगायतका सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएको जानकारी दिए।

विज्ञापन

कार्यक्रममा बोल्दै भीरकोट जेसिजका मानर्थ सदस्य याम प्रसाद अधिकारी( लक्ष्मण)ले भीरकोट जेसिसको उन्नति र प्रगतिका लागी सदैव लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। वर्ष २०२३ का अध्यक्ष सुन्दर कोइरालाले आजीवन जेसिजलाई भीरकोटको महत्त्वपूर्ण सामाजिक एवं नेतृत्वदायी संस्था बनाउन लागिपर्ने बताए। नवनिर्वाचित अध्यक्ष खड्काले भीरकोट जेसिजको शाख जोगिने गरि कार्यकाल फलदायी बनाउन प्रयत्नशील रहने बताए।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पौडेल, पुर्व अध्यक्ष मिना खाँण, सल्लाहकार सदस्य तारा प्रसाद अर्याल लगायतले जेसिजको महत्त्व र गरीमालाई कायम राख्दै अगाडि बढ्न नवनिर्वाचित पदाधिकारीहरूलाई अनुरोध गरेका थिए।