युवामाझ लोकप्रिय हुँदै भीरकोट जेसिज

फागुन २९, २०७९


स्मार्ट संवाददाता, भीरकोट
२९ फागुन २०७९

नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले स्थापित भीरकोट जेसिजले ५ औं वार्षिकोत्सव मनाएको छ। सन् २०१८ मा गुरु प्रसाद गुरूङ ( उमेश) को नेतृत्वमा स्थापित भीरकोट जेसिजको नेतृत्व वर्ष २०२३ का लागि सुन्दर कोइरालाले गरेका छ्न्। वालिङ जेसिजको मातृशाखाको रूपमा स्थापित भीरकोट जेसिजको स्थापना गर्न वालिङ जेसिजका पूर्व अध्यक्ष याम प्रसाद अधिकारी(लक्ष्मण) र निवर्तमान नगर प्रमुख छायाराम खनालले समेत सक्रिय भूमिका निर्वाह गरेका थिए। सिमित सदस्य सहित स्थापित भएको यो संस्थाका सामाज कल्याण र नेतृत्व एवं व्यक्तित्व विकासका कार्यक्रमहरूले गर्दा युवा माझ लोकप्रिय हुँदै गएको छ। करिब ३ दर्जन युवा युवती स्वतस्फूर्त रूपमा जेसिज अभियानमा लागेका छन्।

सामाजिक क्षेत्रमा बर्ष २०२१ मा अध्यक्ष जेसी प्रशुन मगरकाे नेतृत्वमा भीरकाेट जेसीजले काेभिडकाे महामारीमा समेत सकृय भुमिकामा रहि “विपत् मा हामी” अभियान समेत संचालन गरेकाे थियाे । उक्त अभियान बाट १ हजार २ सय भन्दा बढी बिरामीहरूलाई उद्धारका साथै विपन्न परिवारलाई खाद्यन्न समेत वितरण गरेकाे थियाे । भीरकाेट जेसीजले स्थापना काल देखि नै समाजमा रहेका आर्थिक अवस्था कमजाेर भएका विभिन्न बिरामीहरूलाई बृहत् रूपमा आर्थिक सहयोग समेत गरिरहेको छ।

भीरकोट जेसिजले पालिकामा जनचेतनामूलक कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, युवाहरू र जेसिज सदस्यहरूका लागि नेतृत्व र क्षमता विकास तालिम, सरसफाई, वृक्षारोपण लगायतका कार्यक्रमहरू गर्दै आएको छ। एक वर्षका लागि एक जनाको मात्रै नेतृत्व हुने भएकाले पनि जेसिजलाई विशेष महत्त्व दिइन्छ।

वार्षिकोत्सबको पूर्व सन्ध्यामा भीरकोट जेसिजले आफ्ना सदस्यहरूका लागि LOM तालिम राखेको थियो ।तालिमा जेसिजका वर्तमान र निवर्तमान सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। जेसिजका राष्ट्रिय स्तरका प्रशिक्षक जेसी गणेश गिरीले प्रशिक्षण दिएका थिए।यसैगरी वार्षिकोत्सबको अवसरमा आइतबार जेसिज सदस्यहरूले आफ्ना गतिविधिको समिक्षा, अन्तरक्रिया गर्दै केक काटेर रमाइलो समेत गरेका छन्।