प्रवेशहरूको प्रष्टीकरण : ‘हामी विकास विरोधी हैनौं , कालिगण्डकी सभ्यताका पक्षधर हौँ ‘

असोज १२, २०८०


स्मार्ट सम्वाददाता , गल्याङ

१२ असोज २०८०, शुक्रबार 

गल्याङ नगरपालिका विरुद्ध रिट दर्ता गर्ने युवाहरूले  पारे आफ्नो माग प्रष्ट गल्याङ नगरपालिका विरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन गर्ने युवाहरुले आफ्नो माग थप प्रष्ट पारेका छन् । समाजिक सञ्जालमा आफ्ना मागहरुको अपव्याख्या भएको पाएपछि रित निवेदक  प्रवेश अर्यालले आफ्नो समुहको धारणा र माग सामाजिक संजाल मार्फत प्रष्ट पारेका छन् l  उनीहरुले फेसबुक पोस्ट मार्फत आफूहरू विकास विरोधी नभएको र कालीगण्डकी सभ्यताको पक्षधर भएको प्रष्ट पारेका छन् l उनीहरूले नगरपालिका  र उच्च अदालत समक्ष राखेका आफ्ना मागहरु पनि बुँदागत रूपमै सार्वजनिक गरेका छन् l । गल्याङ नगरपालिकाले वडा नं ३ स्थित छर्ती घाटमा फोहोर व्यवस्थापन गर्ने  निर्णय गरेपछि स्थानीय युवाहरुले उच्च अदालत पोखरामा रिट दर्ता गरेका थिए ।

गत भदौ २६ गते उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै असोज १० गते सम्म छर्ती घाटमा भैरहेका सम्पुर्ण निर्माण सम्बन्धि कामहरु रोक्ने आदेश दिएको थियो । असोज १० गते भएको दोस्रो सुनुवाइ पछि अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै असोज २४ गते तेस्रो पेशी तोकिएको छ । उनीहरुको मागको गलत रुपमा व्याख्या गरि जनता माझ भ्रम छर्न खोजिएको उनीहरुको गुनासो छ । साथै २४ गते हुने अर्को पेशीका लागि तयारी गरिरहेको पनि उनीहरुले जानकारी  दिएका छन् । यसै बिच आफ्नो मागहरूको केही विद्वान व्यक्तिहरुले अपव्याख्या गरेको भन्दै उनीहरुले लेखेका छन्:

बिज्ञापन

हाम्रो माग के हो?

हाम्रो माग कुनै विकास विरोधी माग हैन । सामाजिक सञ्जालमा बौद्धिक व्यक्तिहरुले हाम्रा मागहरुको अपव्याख्या गरेको पाएका छौँ । यो लेख मार्फत हाम्रा सम्पुर्ण शुभेक्षुक, आलोचक र बौद्धिक जमातमाझ हाम्रो माग प्रष्ट पार्न चाहान्छौँ ।

• गल्याङ बजारबाट उत्सर्जित फोहोरको उचित व्यवस्थापन हुनै पर्छ । वैज्ञानिक व्यवस्थापनका प्रविधिहरु मार्फत गल्याङ बजारको फोहोर प्रसोधन गरिनु सकारात्मक कुरा हो र सचेत नागरिकका हिसाबले हामी पनि यस काममा नगरपालिकासँग हातेमालो गर्दै अगाडि बढ्न तयार छौँ ।

• तर, यो गतिविधि गर्नका लागि छर्ती घाट उचित स्थान हैन । संसारमा शालिग्राम पाइने एकमात्र नदि कालीगण्डकी को तट हाम्रो लागि धार्मिक दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थल हो । हाम्रो जन्म देखी मृत्युसम्म सम्पुर्ण काजकिरिया गरिने छर्ती घाटमा फोहोर फालिनु हाम्रो धार्मिक आस्था माथीको खेलवाड हो र संविधानले सुनिश्चित गरेको नैसर्गिक अधिकार ‘Right to Religion’ को पनि यो बरखिलाफ छ ।

• संविधानले मानवलाई मात्र नभै प्रकृतिलाई पनि जिउन पाउने अधिकार दिएको छ । प्रकृतिको सुन्दर सम्पदा कालीगण्डकीको छेउमा गरिने फोहोरको गतिविधिले नदि, नदिमा आश्रति जलचर र वन्यजन्तुको ‘स्वच्छ वातावरणमा जिउन पाउने’ अधिकारलाई पनि कुण्ठित गर्छ ।

• वातावरणीय र धार्मिक दृष्टिकोणले निकै ‘Sensitive Zone’ मा रहेको छर्ती घाटमा फोहोरको गतिविधि गरिनु हामीलाई मान्य छैन । गल्याङ नगरपालिकाको क्षेत्रफल करिब १२२  वर्ग कि.मि. रहेको छ, र यसको करिब २० प्रतिशत  जमिन सार्वजनिक नै छ । प्रशस्त जमिन हुँदाहुँदै पनि यही साँगुरो खोंचमा जनभावना विपरीत जबर्जस्ति फोहोर फाल्न खोजिनु पछाडिको रहस्य हामीले बुझ्न सकेका छैनौँ ।

• अन्तिममा, फोहोर व्यवस्थापनको काम गरौँ । तर यो महत्त्वपूर्ण स्थलमा हैन, अन्यत्र कहिँ । हामी कालीगण्डकी सभ्यताको संरक्षणका लागी हरेक निकाय गुहार्ने छौँ । यदि स्थानीय जनताको पटक पटक विरोध पश्चात् पनि नगरपालिकाले छर्ती घाटमा हुने काम नरोकेमा त्यहाँ पर्न जाने क्षतिको जिम्मेवार नगरपालिका आफैं हुनेछ । कृपया हाम्रो माग धेरैभन्दा धेरै जनमानसमा पुर्याउन सहयोग गरिदिनुहोला र तथाकथित ‘विद्वान’ हरुले फैलाएको भ्रममा नपर्नु होला । धन्यवाद ।