भीरकोटमा हर्षोउल्लासका साथ मनाइयो मुहम्मद जन्मोत्सव

कार्तिक ०२, २०७८


भीरकोट खबर डेस्क, कार्तिक २ भीरकोट नगरपालिका अन्तर्गतका करूङ,बयरघारी तथा माथिल्लो गाउँमा हजरत मुहम्मद मुस्तफा सलल्लाहु अलैहि वसल्लमको १४९६औँ जन्मोत्सव विभिन्न कार्यक्रमका साथ सुसम्पन्न गरियो । मौसमको प्रतिकुलताका कारण वडा नं १स्थित करूङबासी तथा वडा नं १, २ का सम्पूर्ण इस्लाम धर्मका अनुयायीहरूले आआफ्नो स्थानमा रहेको मस्जिदहरूमा बिहान (बोरको समय)जुन समयमा हुजुर सलल्लाहु तआला अलैहि वसल्लमको जन्मेको समय न पूर्ण उज्यालो नत पूर्ण अँध्यारो समयमा स्थानीय मस्जिदका इमाम,आलीम,मौलाना,हाफिज तथा अन्य विभिन्न व्यक्तिहरूको उपस्थितीमा मिलादुन्नवी सलल्लाहु तआला अलैहि वसल्लमको आयोजना गरी प्रथम चरणको कार्यक्रम सम्पन्न गरिएको थियो । बिहान ९ बजे करूङ गाउँ र बयरघारी बजारका बासिन्दाद्वारा मदर्सा(स्कुल)का बच्चाहरू समेतले विभिन्न धार्मिक नाराकासाथ बजार परिक्रमा गरि बयरघारी बजारस्थित नूरी स्लामी जामा मस्जिदमा विभिन्न धार्मिक गुरूहरूद्वारा हुजुर सलल्लाहु तआला अलैहि वसल्लमको जन्मदेखि पर्दा (अवसान)सम्म भएका विभिन्न क्रियाकलापहरू समेतको जीवनीको वर्णन गरि करिब ४.३०बजे हजरत मुहम्मद सलल्लाहु तआला अलैहि वसल्लमको जन्मोत्सवको कार्यक्रम सुसम्पन्न गरिएको थियो ।मदर्सा (स्कुल) व्यवस्थापन समितिका अध्यक्ष नुरूल हक मियांको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इमाम मुहम्मद इसुव मियां तथा विशिष्ठ अतिथि हाजी अव्दुल जब्बर अलि मियां तथा अन्य विभिन्न व्यक्तित्वहरूको समुपस्थिति रहेको थियो। हाजी युनुश मियांको संचालनमा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रममा बोल्दै बक्ताहरूले सबै इस्लाम धर्मावलम्बीहरू हजरत मुहम्मदले देखाएको सत्मार्गमा हिड्न आवश्यक रहेको कुरामा जोड दिएका थिए।भीरकोटमा हर्षोउल्लासका धार्मिक प्रबचन ,र्‍याली खानपिन र इस्लामिक संस्कृति अनुसारका रितिरिवाज गरी पैग़म्बर मुहम्मद को १४९६औं जन्मोत्सव भव्यताका साथ मनाइएको छ।नेपालका धेरै जसो ठाउँमा मुहम्मद जन्मोत्सव आज मनाइए पनि केही ठाउँमा भने भोलि पनि मनाइने जनाइएको छ।