भीरकोट र गल्कोट नगरपालिकाबीच अन्तरक्रिया

कार्तिक २६, २०७७


भीरकोट खबर डेस्क:


स्याङ्जाको भीरकोट नगरपालिका र बाग्लुङ्गको गल्कोट नगरपालिकाबीच भीरकोटमा अन्तरक्रिया भएको छ ।
गल्कोट नगरपालिकाका उप प्रमुख रेणुका काउछा मगर, जनप्रतिनिधी, कर्मचारीहरु सहित आएको टोली र भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनाल, नगर उप प्रमुख सिमा के.सी. कर्माचार्य र कर्मचारी सहितको टोलीबीच दुवै पालिकाको समग्र विकास निर्माण र भीरकोट नगरपालिकाको बालमैत्री नगर घोषणाको अन्तिम तयारी सम्बन्धी अन्तरक्रिया गरिएको नगर प्रवत्ता दिपेन्द्र केसीले बताउनुभयो ।