रिलायबल नेपाल लाइफ इन्स्योरेन्स स्याङ्जा शाखाद्वारा मृत्यु दाबी भूक्तानी

पुष ०८, २०७९


स्मार्ट संवाददाता, स्याङ्जा
७ पुस २०७९

बिज्ञापन
विज्ञापन

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको स्याङ्जा शाखाले एक कार्यक्रमको आयोजना गरी  मृतकको परिवारलाई मृत्यु दाबी रकम भूक्तानी गरेको छ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्समा बीमा गराउनुभएकी स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं १ निवासी खिमा कुमारी सार्कीको २०७९ भाद्र १८ गते बिरामी भइ उपचारको क्रममा मृत्यु भएको थियो। कम्पनीले बीमा दाबी भूक्तानी बापत निजका श्रीमान् खिम बहादुर सार्कीलाई पाँच लाख तीस हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त दाबी रकम स्याङ्जा शाखाका प्रबन्धक नारायण अधिकारीले हस्तान्तरण गरेका थिए । मृतक खिमाकुमारी सार्कीले कम्पनीमा ५ लाख रकम बराबरको रिलायवल समुन्नती जीवन बीमा योजना लिएकी थिइन । साथै मृतक खिमा कुमारी सार्की प्रस्तावक रहि आफ्नो छोरा सुमित सार्कीको ५ लाख बिमाङ्क बराबरको रिलायबल सुलभ बाल जीवन बिमा योजना समेत लिएकी थिइन। सो बापतको मासिक लाभ सुविधा र विमा शुल्क छुट सुविधा समेत कम्पनीले निजको परिवारलाई उपलब्ध गराएको छ ।

मृतक खिमा कुमारी सार्कीकै निवासमा आयोजना गरिएको दाबी भूक्तानी हस्तान्तरण कार्यक्रममा बोल्दै सिनियर एजेन्सि म्यानेजर राम प्रसाद सापकोटाले बीमा दु: खको सारथी रहेको कुरा प्रस्ट्याउदै, बीमाको महत्व र आवश्यकता बारे जानकारी गराएका थिए। मानव जीवन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भविष्य निश्चित गर्नको लागि बीमा अति नै आवश्यक रहेको बताए। कार्यक्रममा स्याङ्गजा शाखा कार्यालयमा आवद्ध एजेन्सी म्यानेजर नल बहादुर सुनार, सुरेन्द रोका , प्रकाश पौडेल, अभिकर्ता सन्तोष शर्मा लगायत स्थानिय समाजिक व्यक्तित्वहरुको उपस्थीति रहेको थियो ।