भीरकोटमा १ दिने आँखा तथा प्रसुती रोग सम्बन्धि शिविर हुने

माघ २६, २०७९


स्मार्ट संवाददाता, भीरकोट
२६ माघ २०७९

बिज्ञापन

आगामी फागुन १ गते सोमबार भीरकोट नगरपालिकामा १ दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ । संन्त निरकारी मण्डल शाखा कार्यालय भीरकोटको आयोजना र मणिपाल शिक्षण अस्पताल , पोखराको प्राविधिक सहयोगमा भीरकोट नगरपालिकामा एक दिने स्वास्थ्य शिविर संचालन हुने भएको हो। मणिपाल शिक्षण अस्पताल पोखराका अनुभवी विशेषज्ञ डाक्टरको टोलीद्वारा निरंकारी मण्डलको कार्यालय बयरघारीमा आँखा तथा प्रसुती रोग सम्बन्धी १ दिने शिविर सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष याम बहादुर खत्रीले जानकारी दिए। उक्त दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म शिविर संचालन हुने बताइएको छ। अध्यक्ष खत्रीले भीरकोटबासी जनसमुदायलाई स्वास्थ्य शिविरमा उपस्थित भाइ स्वास्थ्य उपचार सेवा लिन आग्रह गरेका छ्न्। थप उपचार आवश्यक पर्ने बिरामीलाई मणिपाल अस्पताल पोखराले सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्ने आयोजकले जनाएको छ।

विज्ञापन