पालिकाद्वारा स्थानीयलाई जडिबुटीसम्बन्धि तालिम

मङि्सर २६, २०७९


२६ मंसिर २०७९

बिज्ञापन

विज्ञापन

भीरकोट नगरपालिकाले स्थानीय जनतालाई जडिबुटीसम्बन्धी तालिम दिएको छ। खिलुङ देउराली आयुर्वेदिक औषधालयले संयोजन गरेको तालिममा स्थानीय स्तरमा उपलब्ध रैथाने जडीबुटीको महत्त्व र उपयोगिताको बारेमा प्रशिक्षण दिइएको थियो। सिमलचौर सामुदायिक भवनमा आयोजना गरिएको १ दिने तालिममा करिब ३ दर्जन स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो।

सहभागीहरूलाई स्थानीय स्तरमा पाइने अमला, कागती, लसुन, घ्युकुमारी , लसुन, अश्वगन्धा, आँप, आँक , निम, बेल लगायतका विभिन्न जडिबुटीहरूको उपयोगिता, प्रयोग गर्ने तरीका र स्वास्थ लाभको विषयमा प्रशिक्षण दिइएको थियो।ऋतुचर्या, दिनचर्या , बिरामीको हेरचाह, आयुर्वेदको परिचय रआयुर्वेदका प्रवर्तक धनवन्तरीको विषयमा समेत सहभागीहरूलाई प्रशिक्षण दिइएको कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्य , उपप्रमुख भगवती रेग्मी अर्याल, वडा अध्यक्षहरू दिपेन्द्र के.सी., लक्ष्मण खत्री, तारा प्रसाद अर्याल लगायतका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख कर्माचार्यले स्वस्थ जीवनयापन गर्न आयुर्वेदिक औषधिको प्रयोगलाई बढवा दिन आवश्यक रहेको बताए। स्थानीय स्तरमा पाइने जडिबुटीको सदुपयोग गरेर औषधि बनाई प्रयोग गर्न सके स्वास्थ र धन दुबै जोगिने उनको भनाई थियो। सहभागीहरूलाई खिलुङ देउराली आयुर्वेदिक औषधालयका कार्यालय प्रमुख कविराज निरीक्षक सरिता अधिकारी र भीरकोट आयुर्वेद शाखा प्रमुख खेमराज देवकोटाले प्रशिक्षण दिएका थिए।