“हाम्रो भीरकोट” विद्यार्थीहरूलाई दशैं उपहार
असोज २३, २०७८
आश्विन २३, भीरकोट खबर डेस्क,
भीरकोट नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक “हाम्रो भीरकोट” भीरकोटका सबै निजी तथा सामुदायिक विद्यालयहरूमा उपलब्ध हुने भएको छ।पुस्तकहरू नगरपालिकामा आइसकेको र विद्यालयमा भएको विद्यार्थी संख्या अनुसार अनुसार प्याकेजिङ्को काम भैरहेको जिन्सी शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो।
शिक्षा शाखा प्रमुख विष्णु कोइरालाका अनुसार भोलि आइतबार नै नगरपालिकाको सवारी साधन प्रयोग गरि सबै विद्यालयहरूमा पुस्तक उपलब्ध उपलब्ध गराइने छ।नगरपालिकाले विद्यार्थीहरूलाई दशैं उपहार स्वरूप विद्यालयमै पाठ्यपुस्तक वितरण गर्न लागेको हो।प्रक्रियागत र प्राविधिक ढिलाइका पाठ्यपुस्तक वितरण निर्धारित समय भन्दा केही ढिलो भएको नगरपालिका स्रोतले जानकारी दिएको छ।१०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तकमा भीरकोटका सम्पदाहरू सँगै नैतिक र व्यवहारिक शिक्षाका विषयवस्तुहरूलाई समावेश गरिएको पाठ्यपुस्तक लेखन सहजीकरण गरेको संस्था साभ(SAAV) नेपालका अध्यक्ष डा. तुलसी प्रवास खनालले जानकारी दिनुभयो। डा. खनालका अनुसार भीरकोट आधारभूत तह (१-८) मा स्थानीय पाठ्यक्रम लागू गर्ने नेपालकै पहिलो स्थानीय निकाय बन्न सफल भएको छ।