सरकारले बाढी पहिरो पीडितलाई राहत दिने

कार्तिक ०३, २०७८


भीरकोट खबर डेस्क, कार्तिक ३



बुधबार बसेको आकस्मिक मन्त्रीपरिषदको बैठकले बाढिपहिरोमा ज्यान गुमाएकालाइ २ लाख उपलब्ध गराउने निर्णय गरेको हो। बाढिपहिरोमा परेर ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली अर्पण एवं घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आज बसेको मन्त्री परिषद्को बैठकले तत्काल उद्वार, राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
अप्रत्याशित रुपमा तिनदिन देखि आएको अविरल बर्षापछि गएको बाढी पहिरोमा परि हालसम्म ५१ जनाले ज्यान गुमाएका छन भने ३९ जना बेपत्ता रहेको गृहमन्त्रालयले जानकारी दिएको छ।
डुबानमा परि विभिन्न ठाउँमा लगाएका हजारौं हेक्टरमा लगाएका धानबाली नष्ट भएको छ। तत्काल बाढी पहिरोमा परेकालाई प्रती परिवारलाई ५० हजार दिने र एकजना गुमाएका परिवारलाई २ लाख र त्यसभन्दा बढी ज्यान गुमाएका परिवारलाइ प्रति सदस्य थप १ लाख उपलब्ध गराउने निर्णय गरेको हो।आज बसेको बैठकले घर र जग्गा र जमिन गुमाएकालाई पनि जमिन उपलब्ध गराउने निर्णय गरेको हो। घर पुर्ण रुपमा क्षति भएका हिमाली, पहाडी र तराइ क्षेत्रका परिवारलाई क्रमशः ५ लाख, ४ लाख र ३ लाख उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्किले जानकारी दिनुभएको छ।