शिक्षक तथा कर्मचारी राजनितिक कार्यक्रममा संलग्न भए  कारबाही हुने

भदौ ३१, २०८०


स्मार्ट संवाददाता, वालिङ

३१ भाद्र २०८०

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

विज्ञापन
वालिङ नगरपालिकाले शिक्षक तथा निजामति कर्मचारीलाई कुनै किसिमको राजनितिक कार्यक्रममा संलग्न नहुँन निर्देशन दिएको छ । नगर प्रमुख कृष्ण खांँणले एक सूचना जारी गर्दै यहाँका शिक्षक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा सहभागी नहुन  निर्देशन दिएका हुन् ।
शिक्षा ऐन २०२८ को दफा १६ को उपदफा ङ को ५ छ तथा वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ संसोधन सहितको दफा १८ को उपदफा १ च मा विद्यालय तहमा कार्यरत शिक्षक तथा कर्मचारी, निजामती  सेवा ऐनको दफा ४४ मा निजामति कर्मचारीले कुनै राजनितिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था स्पष्ट रुपमा रहेको प्रष्ट पार्दै नगरपालिकाले यस्तो निर्देशन गरिएको हो ।
साथै नगरपालिका नगरकार्यपालिकाको यही भदौ २६ गतेको बैठकको निर्णय अनुसार विद्यालयमा कार्यरत शिक्षक कर्मचारी र निजामति कर्मचारीहरु कार्यालय समयमा कुनै पनि राजनितिक कार्यक्रमहरुमा संलग्न नहुने निर्णय गरेको हुँदा यो सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ । यो निर्णय विपरित कार्य गरेको पाईएमा कानुन बमोजिम कारबाही हुने समेत नगरपालिकाले जनाएको छ ।

पाठक ,शुभेच्छुक, सरोकारवाला सबैमा हाम्रो अनुरोध :