गडहरे गुफा : सम्भावना बोकेको नेपालको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य
![](https://smartakhabar.com/wp-content/uploads/2022/06/gadahareeee-1024x536.jpg)
गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा पर्ने भीरकोट नगरपालिकामा अवस्थित गडहरे गुफाको देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ । बेडरक इन्जिनियरिङ कन्सल्टेन्सी काठमाडौंले गरेको भौगर्भिक अध्ययनले गडहरे गुफाको यात्रा गर्न सम्भव लम्बाई ६७८ मिटर देखाएको छ । गुफाको लम्बाई अझै बढी भएपनि त्यसबाट भित्र गुफाको यात्रा एकदमै कठीन र प्राय असम्भव रहेकाे छ ।
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/new-palika-jingle-rgb-1.jpg)
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/janahit_dengue-1.jpg)
अध्ययनमा संलग्न त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. कविराज पौड्यालले प्रस्तुत गरेको अध्ययन प्रतिवेदन अनुसार यो गुफा प्राकृतिक विशेषताले भरिएको छ । गुफामा शिव लिङ्ग, हात्तीको सुँढ, हात्तीको पाइला, गाइको थुन, केराको कोशा, केराको सिङ्गो घरी, मकैको घोँगा, अङगुरको झुप्पा, माहुरीको चाका जस्ता प्राकृतिक संरचनाहरू छन् । धार्मिक आकृतिहरुको बाहुल्यता भएका कारण यो गुफालाई देशकै एक प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा समेत विकास गर्न सकिने अध्ययनले देखाएको छ ।
गडहरे गुफाभित्र अक्सिजनको अभाव छैन र पानीको थोपा चुहिने देखि ताल, झरना र खोला गुफाभित्रै अवलोकन गर्न पाइन्छ । प्रवेशद्वारबाट २१३ मिटरभित्र झरना बगेको देख्न सकिन्छ । गुफाभित्र २० मिटर अग्लो र १९.२ मिटर फराकिलो हल आकारको फराकिलो ठाउँ पनि छ जहाँ करिब ३०० मानिसहरू एकैपटक भेला हुन सम्भव छ । शसस्त्र द्वन्द्वकालमा माओवादीका जनमुक्ति सेनाहरुले यो ठाउँलाई आश्रय स्थलको रुपमा समेत प्रयोग गरेको स्थानीयहरु बताउँछन् ।
![](https://smartakhabar.com/wp-content/uploads/2023/03/wlink_ad.gif)
यस गुफाको भित्री भागमा उचाइगत भिन्नताहरु पनि छ । कुनै स्थानमा उचाई ५० से.मी. रहेको छ भने कुनै स्थानमा २२ मिटर रहेको छ । कतै समथर छ भने कतै भिरालो छ । त्यसकारण यो गुफा साहसिक पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य हो ।
प्रा.डा. पौडेलका अनुसार अहिलेसम्म पत्ता लागेका गुफाहरुमध्ये नेपालकै सबैभन्दा लामो र अद्वितिय विशेषताले भरिएको गुफा हो । वि.सं. २०४५ सालमा स्थानीयले पत्ता लगाएको भएपनि करीब ३ दशकपछि मात्रै निवर्तमान नगर प्रमुख छायाराम खनालको अग्रसरतामा गुफाको भौगर्भिक र भुभौतिकी सर्वे गरिएको थियो ।
![](https://smartakhabar.com/wp-content/uploads/2024/05/smart_link_80081.gif)
निवर्तमान नगर प्रमुख खनालले गुफालाई व्यवस्थित र सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि स्थानीय , प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए l वडा नं ८ र ९ को सिमानामा पर्ने गडहरे गुफाको विकासका निम्ति नगरपालिकाले पनि पूर्वाधार विकासको काम गरिरहेको भएपनि भएपनि प्रदेश/केन्द्र सरकारले पर्यटन सडक निर्माण गरी सहज यातायातको व्यवस्था नगर्दासम्म उक्त स्थान ओझेलमा पर्ने देखीएको छ।
![](https://smartakhabar.com/wp-content/uploads/2024/05/new-ad-smart-1.jpg)
![](https://smartakhabar.com/wp-content/uploads/2023/01/jayalaxmi-tiff.gif)
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले गडहरे गुफाको अध्ययन प्रतिवेदन उपयोगी रहेको बताउँदै गडहरे गुफाको पर्यटन पूर्वाधार विकास र प्रचारप्रसारमा नगरपालिका सदैव लागि पर्ने बताएका छन् । उनले पर्यटकीय महत्वको गुफाको प्रचारप्रसारमा सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह समेत गरेका छन् ।धार्मीक, प्राकृतिक र भौगोलिक विशेषताले भरिएको यो गुफा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हुने सम्भावना अत्याधिक छ।
तस्बिरमा गडहरे गुफा