ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम 

चैत १४, २०८०


१४ फागुन २०८०

“प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर”  भन्ने नाराका साथ विश्वभर मनाइएको विश्व वित्तीय सप्ताह २०२४ (ग्लोबल मनी विक)को अवसरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले भीरकोट नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। पालिकाको भू.पु. सैनिक कम्युनिटी एकेडेमीमा अध्ययनरत  कक्षा ११  र १२ का विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गरिएको हो।

बैंकको भीरकोट र वालिङ शाखाको संयुक्त आयोजनामा गरिएको वित्तीय साक्षरता कार्यक्रममा करिब ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बैंकको भीरकोट शाखा प्रमुख कमल अधिकारी,वालिङ शाखाका सम्बन्ध प्रवन्धक जीवन प्रकाश सापकोटाले विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रममा विद्यार्थीहरूलाई बचतको महत्त्व , बचत गर्ने तरिका,बचत खाताका प्रकार, लगानी, मोबाइल बैङ्किङ, साइबर सुरक्षा, डिजिटल ठगी लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। युवाहरूलाई सानै उमेर देखिनै आर्थिक रूपमा सचेत बनाउन विद्यार्थी लक्षित वित्तीय साक्षरताको  कार्यक्रम गरिएको भीरकोट शाखा प्रमुख अधिकारीले बताए।