प्रथम गल्याङ कपको उपाधि स्याङ्जालाई
बैशाख ०९, २०८१

राम बहादुर रोकाहा
९ वैशाख २०८१
प्रथम गल्याङ कपको उपाधि स्याङ्जाले जितेको छ । गल्याङ उद्योग वाणिज्य संघको आयोजित तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सवको अवसरमा आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको गरिएको थियो ।
स्याङ्जाले पर्वतलाई ३-२ को सेटमा २५-१८, १८–२५, २१-२५, २५-१४ र १५–९ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेसङ्गै स्याङ्जाले एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता पर्वतले भने ट्रफी, मेडल र प्रमाणपत्रसहित एक लाख रुपैयाँमा चित्त बुझाएको हो ।
गल्याङ नगरपालिका-३ तल्लो गल्याङ खेलमैदानमा भएको उक्त प्रतियोगितामा पाल्पाले नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै तृतीय भएको हो । पाल्पाले नवलपुरलाई २५–२२, २५–२०, २०-२५ र २५–२२ अङकले पराजीत गरेको हो ।
