फेदीखोलाको खेलकुद सप्ताह सम्पन्न

चैत ०१, २०७८


१ चैत्र २०७८, फेदीखोला

फेदीखोला गाउँपालिकाले गत फागुन २४ गते देखि ३० गते सम्म आयोजना गरेको खेलकुद सप्ताहको  समापन भएको छ । हिमशिखर क्लब फेदीखोलासँगको सहकार्यमा गाउँपालिकाले फेदीखोला रंगशालामा सप्ताहको आयोजना खेलकुद सप्ताहमा  छेलो, खुल्ला पुरुष/महिला दौड, भलिवल, फुटबल, ब्याडमिन्टन लगायतका विभिन्न विधामा भएको खेलहरू संचालन गरिएको थियो। जसअन्तर्गत चौथो अध्यक्ष कप (7 ‘A’ Side) फुटबल प्रतियोगिता अन्तर्गत १५ टिमले सहभागिता जनाएका थिए । जसअनुसार आरुखर्क युवा क्लबलाई हिम शिखर क्लब ‘ए’ ले (१-०) गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको छ । उपाधि सँगै बिजेता हिमशिखर क्लबले रनिङ शिल्ड ट्रफी, विजेता ट्रफि, मेडल, प्रमाणपत्र र नगद रु. ४०,०००, र उप-विजेता आरुखर्क युवा क्लबले ट्रफी, मेडल, प्रमाणपत्र र नगद रु. २५,००० प्राप्त गरेका छन ।

खेलमा Best Defender हिमशिखर क्लब ‘ए’ का खेलाडी प्रयास गुरुङ, Best Keeper र Highest Scoorer क्रमशः आरुखर्क युवा क्लबका गगन सुनार र हिमशिखर क्लब ‘बी’ का रिजनले पाउनुभएको छ । यससँगै Best Defender र Highest Scoorer ले बुट र Best Keeper ले Gloves सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यसैगरी राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत २०० मि. अन्तरविद्यालय छात्र दौड प्रतियोगितामा सिद्धार्थ मा.वि., का निखिल थापा, दामगाडे मा.वि.का विवेश सुनार र जनप्रिय मा.वि. का प्रभात रानाभाटले क्रमश: प्रथम, द्वित्तीय, र तृतीय स्थान हासिल गर्नुभएको छ । यस सँगै उहाँहरूले मेडल, प्रमाणपत्र र क्रमश: नगद रु. ४०००, ३०००, र २००० प्राप्त गर्नुभएको  छ । त्यसैगरी छात्रा तर्फको दौड प्रतियोगितामा दामगाडे मा.वि. का प्रतीक्षा मिजार, जनआदर्श मा.वि. का निमावती क्षेत्री र जनप्रिय मा.वि. का सुनिता रानाभाट क्रमश: प्रथम, द्वित्तीय, र तृतीय हुनुभएको छ। यस सँगै उहाँहरूले मेडल, प्रमाणपत्र र क्रमश: नगद रु. ४०००, ३०००, र २००० प्राप्त गर्नुभएको  छ।



त्यसैगरी राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत अन्तरविद्यालय छात्र भलिवल प्रतियोगिताको उपाधि सिद्धार्थ मा.वि. ले हात पारेको छ । ८ सामुदायिक र १ संस्थागत गरि ९ विद्यालय सहभागी रहेको उक्त खेलमा ७ विद्यालयलाई पछि पार्दै फाइनल भिडेका चण्डीडाँडा मा.वि. लाई सिद्धार्थ मा.वि .ले पराजित गरेको हो । उपाधि सँगै सिद्धार्थ मा.वि. ले रनिङ शिल्ड ट्रफी, बिजेता ट्रफि, मेडल, प्रमाणपत्र र नगद रु. ४०,००० र उप-विजेता चण्डीडाँडा मा.वि. ले , ट्रफि, मेडल, प्रमाणपत्र र नगद रु. २०,००० प्राप्त गरेका छन । जसानुसार Best Blocker, Best Spiker र Best Player क्रमशः शितला मा.वि. का लक्ष्मण बि.क., सिद्धार्थ मा.वि. का अनुप बि.क. र चण्डीडाँडा मा.वि. का अमित बि.क. ले पाउनुभएको छ । त्यसैगरी चौंथो अन्तरविद्यालय शिक्षक भलिवल प्रतियोगिताको उपाधि मैदान मा.वि. बाँगेले हात पारेको छ ।

८ सामुदायिक माध्यामिक विद्यालय र एक आधारभूत तहका शिक्षकहरुको समुह बीच संचालन भएको खेलमा ७ विद्यालयलाई पछि पार्दै मैदान मा.वि. ले फाइनल खेलमा आधारभूत तहका शिक्षकहरुको समुहलाई पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि सँगै बिजेता विद्यालयले रनिङ शिल्ड ट्रफी, विजेता ट्रफि, मेडल, प्रमाणपत्र र नगद रु. २०,०००, र उप-बिजेता विद्यालयले मेडल, प्रमाणपत्र र नगद रु. १५,००० प्राप्त गरेका छन । साथै तेस्रो हुन् सफल चण्डीडाँडा मा.वि. ले मेडल, प्रमाणपत्र र नगद रु. १०,००० प्राप्त गरेको छ । साथै यस प्रतियोगिताको Best Player को उपाधि मैदान मा.वि. बाँगेका शिक्षक चन्द्र प्रकाश पराजुलीले मेडल र प्रमाणपत्र सहित उपाधि पाउनुभएको छ । त्यसैगरी एथ्लेटिक्स प्रतियोगिता अन्तर्गतको ३०० मि. खुल्ला पुरुष दौड प्रतियोगितामा प्रवेश अधिकारी, बरदान पौडेल र अजय कार्की क्रमश: प्रथम, द्वित्तीय र तृतीय हुनुभएको छ।

उनीहरुले क्रमश: ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाणपत्र पाएका छन् । साथै ३०० मि. खुल्ला महिला दौड प्रतियोगितामा सुनिता रानाभाट, निमावती क्षेत्री र प्रतीक्षा मिजार क्रमश: प्रथम, द्वित्तीय र तृतीय भएका छन् । उनीहरुले क्रमश: ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाणपत्र पाएका छन् । त्यसैगरी १००० मि. खुल्ला पुरुष दौड प्रतियोगितामा प्रवेश अधिकारि, चित्रबहादुर अधिकारी र पवन क्षेत्री क्रमश: प्रथम, द्वित्तीय र तृतीय हुनुभएको छ । उहाँहरूले क्रमश: ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाणपत्र पाउनुभएको छ भने, १००० मि. खुल्ला महिला दौड प्रतियोगितामा सुनिता रानाभाट, ऐश्वर्य गुरुङ र मनिषा कार्की क्रमश: प्रथम, द्वित्तीय र तृतीय हुनुभएको  छ। उहाँहरूले क्रमश: ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाणपत्र पाउनुभएको छ । त्यसैगरी पालिकाले यसै वर्ष देखि संचालन गरेको ब्याडमिन्टन पुरुष Double खेलकुद प्रतियोगिता अन्तर्गत बलबहादुर गुरुङ र कर्ण परियारको टिमले प्रथम स्थान हासिल गर्न सफल भएको छ । १५ टिम सहभागी रहेको यस खेलमा बाँकी टिमलाई पछाडी पार्दै डिलकाजि गुरुङ (जीवन) र बिक्की गुरुङको टिमलाई फाइनल खेलमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि सँगै विजेताले ट्रफी, मेडल, प्रमाणपत्र, १ रोल ब्याडमिन्टन कक र नगद रु. १०,००० प्राप्त गरेका छन् भने उपविजेताले समेत ट्रफी, मेडल, प्रमाणपत्र, १ रोल ब्याडमिन्टन कक र नगद रु. ६,००० पाएका छन् । परम्परागत छेलो फाल्ने  प्रतियोगितामा फेदीखोला गाउँपालिका वडा न. १ निवासी उत्तम गुरुङले उपाधि जित्नुभएको छ।

उपाधि सँगै गुरुंगले मेडल, प्रमाणपत्र र नगद रु. २ हजार समेत पाउनुभएको छ । त्यसैगरी खेलकुद सप्ताह उद्घाटन सत्रको कार्यक्रमममा २ विद्यालयका छात्राहरु बीच भएको मैत्रीपुर्ण छात्रा भलिवल खेलमा चण्डीडाँडा मा.वि. प्रथम भएको छ । सिद्धार्थ मा.वि. लाई पराजित गर्दै विजेता विद्यालयले उपाधि हासिल गरेको हो । बिजेता र उपविजेता दुवै टिमलाई मायाको चिनो प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सांसद मिन प्रसाद गुरुङले पालिका स्तरमा हुने र पालिकाले आयोजना गर्ने यस्ता प्रकारका खेलकुद प्रतियोगिताले राष्ट्रीय तथा अन्तराष्ट्रिय स्तरमा हुने खेलका लागि खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकीय अधिकृत, पालिका अन्तर्गत सम्पूर्ण वडाका वडा अध्यक्ष साथै निर्वाचित प्रतिनिधि, पालिका भित्रका सम्पूर्ण विद्यालयका प्र.अ. साथै शिक्षक प्रतिनिधि, पालिका स्थित विभिन्न शाखाका शाखा प्रमुख, प्रहरी प्रशासन, आमा समूह, स्थानियबासि, बुद्धिजिवि, भद्रभलाद्मी, प्रहरीप्रशासन लगायत खेल प्रेमिहरुको निकै नै उत्साहजनक उपस्थिति रहेको थियो । खेलकुद सप्ताह समापन कार्यक्रमको अध्यक्षता ग्रहण गरेका अध्यक्ष सुबेदीले कार्यक्रमको समापन गर्दै गाउँपालिकाले यस्ता खालका कार्यक्रमहरुलाई आगामी दिनहरुमा अझ प्रोत्साहन एवम् निरन्तरता गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै फाइनल खेल खेल्ने क्रममा घाइते भएका आरुखर्क युवा क्लबका खेलाडी कर्मा क्षेत्रीलाई उपचार/सहयोग स्वरूप रु. १५ हजार दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । यस खेलकुद सप्ताह अवधिभर कार्यक्रमको फेदीखोला गाउँपालिका खेलकुद कार्यसम्पादन समितिका सदस्य राजन पराजुलीले संचालन गर्नुभएको थियो ।