पूर्व गृह सचिव रेग्मीको निधन

भदौ १७, २०७८


भाद्र १७, भीरकोट खबर डेस्क,

नेपाल सरकारका पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । ७१ वर्षीय रेग्मी केही वर्ष देखि मिर्गौला र मधुमेह रोगबाट पिडित थिए । उपचारकै क्रममा उहाँको आज त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो । हालको भीरकोट नगरपालिका ७, गेजाबास, स्याङ्जा स्थायी ठेगाना भएका रेग्मी लामो समयदेखि सपरिवार काठमाडौँ बस्दै आउनुभएको थियो । भीरकोटका रेग्मी परिवारबाट सबैभन्दा उच्च तहको प्रशासकको रूपमा लामो समय गृह सचिव रहनुभएका उहाँ कुशल र सक्षम प्रशासक हुनुहुन्थ्यो । उहाँ नेपाली काङ्ग्रेस स्याङ्जाका पूर्व सभापति खगेन्द्रराज रेग्मीका भाइ हुनुहुन्थ्यो । उहाँका दुवै छोराहरू विदेशमा रहेकाले उहाँहरू स्वदेश फर्किएपछी मात्रै रेग्मीको अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।